पाँचौं मिस लिम्बूको ताज अविशालाई



हाम्रो इकोनोमि

काठमाडौं । आफ्ना १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै यस वर्षको मिस लिम्बूको ताज अविशा फुदोङ लिम्बूले पहिरिएकी छन् । राजधानीमा आयोजित कार्यक्रममा अविशा पाँचौं मिस लिम्बू बन्न सफल भएकी हुन् ।

विजेता अविशालाई गत वर्षकी मिस लिम्बू सानु नेम्बाङले ताज पहिर्‍याइदिएकी थिइन् । महिला आरक्षणको पक्षमा कि विपक्षमा हुनुहुन्छ र किन ? भन्ने निर्णायकको प्रश्नको उत्कृष्ट जवाफ दिएर ‘मिस लिम्बू’ बन्न सफल भएकी अविशाले ताजसँगै नगद एक लाख प्राप्त गरेकी छन् ।

याक्थुङ युथ एसोसिएसनद्वारा नाचघरमा आयोजित कार्यक्रममा सन्ध्या तुम्बाहाम्फे र सबनम साँवा लिम्बू फस्ट रनरअप र सेकेन्ड रनरअप भए । उनीहरूले ताजसहित नगद ५० हजार र २५ हजार तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । ‘मिस लिम्बू’को विशेष टाइटल उपाधि मानिएको ‘मिस युमा कल्चर’को उपाधि मेनुका साउदेनले पाइन् । उनले पनि नगद ५० हजार प्राप्त गरिन् ।

कला सुब्बाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको फाइनलका लागि प्रेम एक्तेन, पूर्वमिस नेपाल उषा खड्गी, समाजसेवी पवित्रा लिम्बू, मोडल जयन सुब्बा मानन्धर र पत्रकार कृष्ण भट्टराई निर्णायक थिए।

याङ्जोम शेर्पाको संयोजकत्वमा आयोजित कार्यक्रममा तेह्रथुमे ढाका बुटिकले तयार पारेको पहिरनमा एक दर्जन मोडल र्‍याम्पमा प्रस्तुत भएका थिए भने गायक डम्बर नेपाली, गायिका जशोदा सुब्बा लगायतका कलाकारले मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...