युएईसँग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, अनिल र नरेश टिममा परेनन्



हाम्रो इकोनोमि

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत युएईसँग खेल्न बन्द प्रशिक्षणमा रहने २० सदस्य नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

विश्व क्रिकेट लिगअन्तर्गत अन्तिम चरणको खेलमा युएईसँग उसकै मैदानमा दुईवटा एक दिवसीय खेल खेल्न जाने नेपाली टोली यतिबेला बन्द प्रशिक्षणमा छ ।

पहिलो चरणमा २७ खेलाडी छनोट गर्दै प्रशिक्षण शुरु गरेको नेपालले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको हो ।

दोस्रो चरणको बन्द प्रशिक्षणमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बिनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, सागर पुन र दिपेन्द्र सिंह ऐरीले स्थान बनाएका छन् ।

यस्तै, जितेन्द्र मुखिया, आरिफ शेख, अनिल कुमार साह, दिलिप नाथ, हासिम अन्सारी, कुशल भुर्तेल, सुशील कँडेल, आसिफ शेख र रोहित कुमार पौडेलले पनि टोलीमा स्थान सुरक्षित गरेका छन् ।

पहिलो चरणको प्रशिक्षणमा सामेल नरेश बुढाऐर, अनिल मण्डल, सुसन भारी, सुनिल धमला र बिक्रम सोबले भने टोलीमा स्थान बनाउन सकेनन् ।

उता, चोटका कारण मेहबुब आलम र सौरभ खनालले टोलीबाट नाम फिर्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...