यी हुन् आरजुलाई पैसा बुझाए पछी देउवा सरकारले बढुवा गरेका चार एआइजी,कसको जिम्मेवारी कहाँ तोकियो?



हाम्रो इकोनोमि

सरकारले बुधबार बढुवा गरेका नेपाल प्रहरीका चार एआइजीले जिम्मेवारी पाएका छन्।

बढुवा भएका मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल, हेमन्तबहादुर पाल र पंकज श्रेष्ठलाई पदस्थापन गरिएको हो। उनीहरुको पदस्थापनसँगै दुई एआइजीलाई सरुवा गरिएको छ।

पुडासैनीलाई प्रदेश नम्बर ५ र नेपाललाई प्रदेश ७ को जिम्मेवारी दिइएको छ। प्रदेश ५ मा रहेका एआइजी मिङमार लामालाई सुरक्षा परिषद् र प्रदेश ७ का विजय भट्टलाई प्रहरी महानिरीक्षकको कार्यालयमा तानिएको छ।

यस्तै, एआइजी पाललाई मानव स्रोत साधन विभाग र श्रेष्ठलाई कार्य विभागको जिम्मेवारी तोकिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चार डिआइजीलाई एआइजीमा बढुवा गरेको हो। गत कात्तिक २७ गते बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो।

बढुवा सिफारिसमा चित्त नबुझे एक साताभित्र उजुरी गर्न सकिने प्रावधान रहे पनि उनीहरु विरुद्ध कुनै पनि उजुरी नपरेपछि सरकारले बढुवा गर्ने निर्णय गरेको हो। श्रोतका अनुसार प्रधानमन्त्री पत्नी आरजुलाई पैसा बुझाए पछी उनीहरुको बढुवा गरिएको हो। र आरजुले कैलालीमा सोही पैसाले घर किनेको श्रोतको भनाई छ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...