राणाकी छोरीले देउवाको गरिन सत्तोसराप,दिपेन्द्रकी प्रेमिका भनिएकी देबयानीले बाबुको पार्टी कुन हो भन्ने पत्तो नपाए पछी यस्तो पर्यो आपत



वरिपरि राप्रपा (प्रजातान्त्रिक) को झण्डा र चुनाव चिन्हसँगै चार तारा र रुख चिन्ह अंकित झण्डाहरु फर्फराइरहेका छन्। मञ्चमा नेपाली कांग्रेसका नेता–उम्मेदवारहरु पनि छन्। स्रोताहरु धेरै कांग्रेसप्रति आस्थावानहरु नै छन्।

यो चुनावी सभा हो, सिन्धुपाल्चोक–२ को, जहाँ राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रत्यासी छन्। राणा समेत उपस्थित कार्यक्रममा विशिष्ठ बक्ताको रुपमा छिन्, उनकै छोरी देवयानी राणा।

तत्कालिन युवराज दीपेन्द्रसँग प्रेम सम्बन्धका कारण देवयानी दरवार हत्याकाण्डपछि अत्याधिक चर्चामा आइन्। गणतन्त्रपछि जव सिन्धुृपाल्चोकको जनमत प्रतिकूल बन्न थाल्यो, पिता राणाले चुनावी अभियानमा छोरी देवयानीलाई पनि लैजान थाले।

यसैक्रममा गत आइतबार देवयानी सिन्धुपाल्चोक पुगिन्। र, इन्द्रावती गाउँपालिकाको चुनावी सभामा सहभागी भएर पिता पशुपतिको पक्षमा मत मागिन्। तर साँढे तीन मिनेट लामो भाषणमा उनी पटक पटक चिप्लिइन्। बाबु कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार छन्, तर कांग्रेसकै सभापतिको आलोचना गर्न पुगिन्।

आफ्नो भाषणको बीचतिर पुगेपछि उनले भूकम्पको प्रसङ्ग उप्काएकी थिइन्। भूकम्पका बेला सिन्धुपाल्चोकका आफू र पिता पशुपति शमशेरले बाहेक अरुले केही गर्न नसकेको दावी गर्दै देवयानीले भनिन्, ‘त्यत्रो ठूलो प्रकोप भयो देशमा । अरु नेताहरुले केही गरेनन्, शेरबहादुर देउवाले पनि केही गर्नु भएन।’

त्यसपछि आफूहरुको योगदान सुनाउन थालिन्। देवयानीका भनाईमा, भूकम्प गएका बेला बाबु पशुपति शमशेर काठमाडौं फर्कन नयाँदिल्लीबाट जहाज चढिसकेका थिए। तर भूकम्पका कारण जहाज फर्केर नयाँदिल्लीमै ल्याण्ड गर्‍यो। त्यसपछि बाबुछोरी मिलेर सिन्धुपाल्चोक राहत पुर्‍याउन नयाँदिल्लीबाटै सक्रिय भएको दावी गरिन्।

‘उहाँ (पशुपति शमशेर) प्लेनमा होइसिन्थ्यो । दिल्लीबाट काठमाडौं आइरा’थ्यो। उहाँ र आफै दिल्लीमा परराष्ट्र मन्त्रीको घर पुग्यौं त्यही दिन’ उनले भनिन्, ‘तपाईंहरुलाई थाहा छ, मेरो मुमाको सानो बहिनी राजस्थान भन्ने स्टेटमा मुख्यमन्त्री (बसुन्धरा राजे सिन्धिया) होइबक्सन्छ। उहाँबाट हामीले सिन्धुपाल्चोकमा ७० टन चामल पठायौं।’

यति भनिसकेर उनले बाबु पशुपति शमशेर राणाका लागि भोट मागिन्। तर राणा कुन पार्टीबाट उम्मेदवार बनेका हुन्, त्यो भन्ने क्रममा पनि उनी चुकिन्। राणा यतिबेला राप्रपा ((प्रजातान्त्रिक) का अध्यक्ष हुन्। तर, उनले राप्रपा (प्रजातान्त्रिक) भनिनन्, राप्रपाका लागि भोट मागिन्।

‘सिन्धुपाल्चोकलाई सबैभन्दा बढि कुन नेताले गर्‍या’ छ, त्यो सोच्नुस्’ उनले बाबु पशुपति शमशेर राणाका लागिमात्र भोट मागेपछि भनिन्, ‘समानुपातिक सिटका लागि पनि राप्रपालाई नै भोट दिनुहोला।’

वरिपरि राप्रपा (प्रजातान्त्रिक) को झण्डा र चुनाव चिन्हसँगै चार तारा र रुख चिन्ह अंकित झण्डाहरु फर्फराइरहेका छन्। मञ्चमा नेपाली कांग्रेसका नेता–उम्मेदवारहरु पनि छन्। स्रोताहरु धेरै कांग्रेसप्रति आस्थावानहरु नै छन्।

यो चुनावी सभा हो, सिन्धुपाल्चोक–२ को, जहाँ राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रत्यासी छन्। राणा समेत उपस्थित कार्यक्रममा विशिष्ठ बक्ताको रुपमा छिन्, उनकै छोरी देवयानी राणा।

तत्कालिन युवराज दीपेन्द्रसँग प्रेम सम्बन्धका कारण देवयानी दरवार हत्याकाण्डपछि अत्याधिक चर्चामा आइन्। गणतन्त्रपछि जव सिन्धुृपाल्चोकको जनमत प्रतिकूल बन्न थाल्यो, पिता राणाले चुनावी अभियानमा छोरी देवयानीलाई पनि लैजान थाले।

यसैक्रममा गत आइतबार देवयानी सिन्धुपाल्चोक पुगिन्। र, इन्द्रावती गाउँपालिकाको चुनावी सभामा सहभागी भएर पिता पशुपतिको पक्षमा मत मागिन्। तर साँढे तीन मिनेट लामो भाषणमा उनी पटक पटक चिप्लिइन्। बाबु कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार छन्, तर कांग्रेसकै सभापतिको आलोचना गरेको नेपालखबरले उल्लेख गरेको छ।

आफ्नो भाषणको बीचतिर पुगेपछि उनले भूकम्पको प्रसङ्ग उप्काएकी थिइन्। भूकम्पका बेला सिन्धुपाल्चोकका आफू र पिता पशुपति शमशेरले बाहेक अरुले केही गर्न नसकेको दावी गर्दै देवयानीले भनिन्, ‘त्यत्रो ठूलो प्रकोप भयो देशमा । अरु नेताहरुले केही गरेनन्, शेरबहादुर देउवाले पनि केही गर्नु भएन।’

त्यसपछि आफूहरुको योगदान सुनाउन थालिन्। देवयानीका भनाईमा, भूकम्प गएका बेला बाबु पशुपति शमशेर काठमाडौं फर्कन नयाँदिल्लीबाट जहाज चढिसकेका थिए। तर भूकम्पका कारण जहाज फर्केर नयाँदिल्लीमै ल्याण्ड गर्‍यो। त्यसपछि बाबुछोरी मिलेर सिन्धुपाल्चोक राहत पुर्‍याउन नयाँदिल्लीबाटै सक्रिय भएको दावी गरिन्।

‘उहाँ (पशुपति शमशेर) प्लेनमा होइसिन्थ्यो । दिल्लीबाट काठमाडौं आइरा’थ्यो। उहाँ र आफै दिल्लीमा परराष्ट्र मन्त्रीको घर पुग्यौं त्यही दिन’ उनले भनिन्, ‘तपाईंहरुलाई थाहा छ, मेरो मुमाको सानो बहिनी राजस्थान भन्ने स्टेटमा मुख्यमन्त्री (बसुन्धरा राजे सिन्धिया) होइबक्सन्छ। उहाँबाट हामीले सिन्धुपाल्चोकमा ७० टन चामल पठायौं।’

यति भनिसकेर उनले बाबु पशुपति शमशेर राणाका लागि भोट मागिन्। तर राणा कुन पार्टीबाट उम्मेदवार बनेका हुन्, त्यो भन्ने क्रममा पनि उनी चुकिन्। राणा यतिबेला राप्रपा ((प्रजातान्त्रिक) का अध्यक्ष हुन्। तर, उनले राप्रपा (प्रजातान्त्रिक) भनिनन्, राप्रपाका लागि भोट मागिन्।

‘सिन्धुपाल्चोकलाई सबैभन्दा बढि कुन नेताले गर्‍या’ छ, त्यो सोच्नुस्’ उनले बाबु पशुपति शमशेर राणाका लागिमात्र भोट मागेपछि भनिन्, ‘समानुपातिक सिटका लागि पनि राप्रपालाई नै भोट दिनुहोला।’

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको