हृदयघातबाट जोगिन प्रकाशले किनेको ओखति बिनाको झोलामा,ओलीका पिएलाई यसरी हृदयघातको औषधी किन्ने सल्लाह दिएका थिए प्रकाशले



हाम्रो इकोनोमि

कतिपय अवस्थामा मानिसलाई आफ्नो जीवनमाथि खतरा आउन लागेको पूर्वाभाष भएर प्रतिरोधको तयारी गर्दागर्दै पनि सानो हेलचेक््याइँले दुर्घटना टर्दो रहेनछ । प्रचण्डपुत्र प्रकाशको अवसानमा ठ्याक्कै यस्तै भएको पाइएको छ । उनले एकमहिनाअघि आफ्ना बुबा र एमाले अध्यक्ष केपी ओलीबीच मानभवन र थापाथलीतिर ६०–४० को सिट बाँडफाँडको कुरा चलिरहेका बेला बाहिर बसेका अन्य साथीहरु समक्ष यस्तो सम्भावनाबारे कुरा चलाएका रहेछन् ।

ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसँग सूचना शेयर गर्दै भनेका रहेछन्, ‘दौडधुपको बेला छ, यस्तो बेला अत्यन्तै तनाब हुन्छ । अकस्मात हार्ट अट्याक वा ब्रेन ह्यामरेज पनि हुन सक्छ । यदि त्यस्तो भइहाल्यो भनेपनि तीन घण्टासम्म जोगिनसक्ने औषधि हुँदोरहेछ । मैले त किनेर राखेको छु । ३ घण्टामा त अस्पताल पुग्न सकिइहालिन्छ नि ।’

उनले बज्राचार्यलाई पनि अत्यन्तै सर्वसुलभ र सस्तो औषधिको नाम बताउँदै सल्लाह दिएका रहेछन्, ‘तपाईं पनि एस्प्रिन (रगत पातलो बनाउने) किनेर साथमै राख्नुस् है । तर, दुर्भाग्य प्रकाशले किनेको सो औषधि पत्नी बिना मगरको झोलामा परेछ । त्यो बोकेर बिना कञ्चनपुर पुगेका बेला यता प्रकाश हृयदघातको शिकार बनेका छन् ।

संयोगबश ओलीका पीए पनि मोटरसाइकल दुर्घटनामा परी अहिले घरमै आराम गरेर बसेका छन् । आइतबार दिउँसो यसबारे उनलाई केपी ओलीले सुनाउँदा प्रचण्डले पत्नी सीतालाई सोधे, ‘के त्यस्तो तयारी र पुर्वाभाष थियो त प्रकाशलाई?
सीताले जवाफ दिइन्, ‘मलाई त त्यो औषधि उ स्वयंमलाई भन्दा पनि तपाईंका लागि पो हो कि भन्ने लागेको थियो। बुवालाई प्रेसर र सुगर छ भनेर सधै पीर गरिरहन्थ्यो । आफैलाई होकि भन्ने त मलाई थाहै थिएन ।’

त्यसो त शनिबार राति छोरो बिरामी छ भनेर जाउलो खुवाएपछि सीताले ढोका नलगाई सुत है बाबु पनि भनेकी रहिछन् । प्रकाशले आमाले भने बमोजिम ढोका त लगाएनन् तर, बिहान भने उठ्न सकेनन् । स्रोतका अनुसार सीताले बिहान उठेर छोराको कोठा चियाइन् पनि । गलेर सुतेको होला भन्ने ठानेर पछि उठाउन खोज्दा शरीर चिसो र अररो भइसककेको थियो ।

तत्काल सन्तु दराईलाई बोलाएर अस्पताल पठाइन् । यो कुरा कांग्रेसका विमलेन्द्र निधि, संघीय समाजवादीका राजेन्द्र श्रेष्ठ भेट्न गएका बेला प्रचण्डले सुनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...