आरजुको दबाबमा ९ डीआईजीको दरबन्दी थप्ने तयारीमा देउवा,चुनाबमा धाधली गर्न ३५ जिल्लाका सिडिओ परिवर्तन गर्ने यस्तो छ देउवाको दाउ



राजनीतिक भागबण्डा मिलाउन ४ एआईजीको दरबन्दी रहेको नेपाल प्रहरीमा दरबन्दी थपेर हाल १६ एआईजी पु¥याइएको छ । अनावश्यक रुपमा दरबन्दी थपेर ४ डीआईजीलाई एआईजीमा बढुवा सिफारिश गरिएको हप्ता दिन नपुग्दै सरकारले ९ डीआईजीको दरबन्दी थप्ने तयारी गरेको छ । उच्च स्रोतका अनुसार हाल रिक्त रहेको ५ डीआईजी पदका लागि १९ जना एसएसपीहरुले बढुवाका लागि दौडधूप सुरु गरेपछि सरकारलाई डीआईजी बढुवा मिलाउन हम्मेहम्मे परेको छ । यता मतदानको चार दिनअघि बागलुङका प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ सरुवाः भएको छ। ३५ जिल्लाका सिडिओ परिवर्तन गर्न गृहसचिव मोहनकृष्ण सापकोटालाई प्रधानमन्त्रीले लिष्ट थमाएको बुझिएको छ।

क्षमतावान् र योग्यलाई छान्नुको सट्टा विवादित र आफ्ना नातागोताका अधिकृतहरुलाई डीआईजीमा बढुवा गर्न दरबन्दी थप्न लागिएको स्रोतको दाबी छ । उच्च स्रोतका अनुसार सातवटै प्रदेशमा सरकारले एआईजी खटाएपछि यसअघिका पाँचवटा क्षेत्रीय कार्यालयका डीआईजीहरु जिम्मेवारीविहीन छन् ।

सरकारले नेपाल प्रहरीलाई संघीय संरचनाअनुसार रुपान्तरण गरेपछि नाम परिवर्तन भई बनेको १४ वटा संघीय प्रहरी इकाइ कार्यालयमा डीआईजीको दरबन्दी राख्ने तयारी गरिएको छ । ती कार्यालयमा पदपूर्तिका लागि तत्कालीन क्षेत्रीय प्रहरी कार्यालयका ५ डीआईजीको दरबन्दीलाई स्थानान्तरण गर्ने र नपुग ९ दरबन्दी थप्ने गरी गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको गृहस्रोतको दाबी छ ।

हाल नेपाल प्रहरीमा प्रशासनतर्फ २६ जना डीआईजीको दरबन्दी छ । कुनै पनि संस्थामा दरबन्दी थप गर्नका लागि ओएनएम सर्भे गर्नुपर्ने हुन्छ । तर, पछिल्लो समय राजनीतिक भागबण्डा मिलाउन हचुवाका भरमा धमाधम माथिल्लो तहको दरबन्द थप्ने परिपाटीले प्रहरी संगठनको भविष्य नै अन्योलमा पर्ने बताउँछन्, पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी । ‘संगठनको आवश्यकता के हो, कुनकुन पदको दरबन्दी थप्नुपर्ने हो, त्यसबारेमा ओएनएम सर्भे गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यसरी जथाभावी दरबन्दी थप्नु संगठनको हितमा हुँदैन ।’

नेपाल प्रहरीमा प्रशासनतर्फ कायम रहेको २६ र थपिन लागिएको ९ समेत गर्दा डीआईजीको संख्या ३५ पुग्ने भएको छ । हाल रिक्त ५ र थपिने ९ गरी १४ डीआईजी पदका लागि १९ जना एसएसपी बढुवाको दौडधूपमा लागेका छन् । आफू निकटका प्रहरी अधिकारीलाई बढुवा गराउन बढुवा समितिका पदाधिकारीहरुलाई विभिन्न शक्तिकेन्द्रबाट दबाब आउन सुरु भइसकेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार वरीयताको १६ नम्बरमा रहेका एसएसपी सुशीलकुमार भण्डारीलाई डीआईजीमा बढुवा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले गृहसचिव सापकोटालाई निर्देशन दिइसकेका छन् भने वरीयताको ९ नम्बरमा रहेका दिनेश अमात्यलाई बढुवा गर्न प्रधानमन्त्रीपत्नी आरजु देउवाले दबाब दिँदै आएकी छिन् । अमात्य विवादास्पद प्रहरी अधिकारी हुन् । गुण्डानाइकेसँग विशेष साँठगाँठ रहेका उनी अपराध महाशाखामा कार्यरत रहँदा विभिन्न असुली तथा फर्जी इन्काउन्टरको विवादमा तानिएपछि ६ महिनामै त्यहाँबाट सरुवा भएका थिए । बढुवामा पर्नका लागि उनले चुनाव खर्च भन्दै शक्तिकेन्द्रमा बिफ्रकेश बुझाइसकेको प्रहरी मुख्यालयमा चर्चाको विषय बनेको छ ।

त्यस्तै, वरीयताको दोस्रो नम्बरमा रहेका एसएसपी कृष्णप्रसाद गौतमलाई डीआईजीमा बढुवा गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको चर्को दबाब रहेको बुझिएको छ । गौतम र पराजुली नाताले ज्वाइँ–जेठान हुन् । नवलपरासीको एसपी हुँदा आर्थिक प्रलोभनमा परी ज्यान मुद्दाका अभियुक्तलाई छाडेको आरोपमा निलम्बनमा परेका गौतम विवादास्पद प्रहरी अधिकृत हुन् ।

यस पटकको बढुवामा तुलनात्मक रुपमा सुभाष चौधरी, रवीन्द्रप्रसाद शर्मा, दीपककुमार थापा, केदार रिजाल, शेरबहादुर बस्नेत, पीताम्बर अधिकारी कमलबहादुर जिटी, दानसिंह बोहोरा, नारायणसिंह खड्का, सुरज केसी र महेशविक्रम शाह बढुवाका बलिया उम्मेदवार हुन् । उनीहरुका अलावा प्रेम चन्द, श्याम खड्का, विष्णुहरि गौतम, रामप्रसाद श्रेष्ठ, महेन्द्रकुमार पोखरेल र मोहनराज जोशी डीआईजी बढुवाका आकांक्षी हुन् ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज नेउपानेले डीआईजी पदको दरबन्दी थप्ने विषय सरकारको रहेको बताए । उनले भने, ‘यो सरकारको जानकारीको विषय हो । यसबारे हामीलाई केही थाहा छैन ।’

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको