नयाँ संविधानलाई संस्थागत गर्न काँग्रेसको आवश्यकता छ: नेता सिंह



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सविधानलाई संस्थागत गर्न नेपाली काँग्रेसको आवश्यकता रहेको बताउनुभएको छ ।

घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा आज चुनावी घरदैलो कार्यक्रमअन्तर्गत भएको भेलामा उहाँले भन्नुभयो —“निर्वाचन नजिकिँदै गर्दा काँग्रेसलाई मतदान गर्नुपर्छ भन्ने जनविचार बढ्दै गएको छ ।”

काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता सिंहले काँग्रेसले गरेको बाचाअनुसार संविधान जारी गरिएको र सो संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसलाई जिताउन सबै मतदातामा आग्रह गर्नुभयो ।

सामाजिक सञ्जालमा जे–जस्तो स्थिति देखाए पनि आम मतदातामा काँग्रेसप्रतिको हेराइ सकारात्मक रहेको उल्लेख गर्दै उहाँले देशको आर्थिक विकासका लागि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘‘ तपाईहरुले दुई पल्ट विजयी बनाएर सविधान जारी गर्ने जिम्मेवारी पूरा गरे, अव देशलाई समृद्धिको बाटो लैजाने जिम्मेवारी पूरा गर्ने अवसर दिनुहोस्,’’ पूर्व उपप्रधानमन्त्री एवं काँग्रेसका पूर्व महामन्त्रीसमेत रहनुभएका नेता सिंहले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...