जब निर्मल कुइँकेल भोट माग्न खगेन्द्र संग्रौलाको आँगन पुगे



हाम्रो इकोनोमि

मंगसिर – भोट माग्न मतदाताका घरदैलो हिडेका क्षेत्र नम्बर ४ प्रदेस १ का उम्मेदवार निर्मल कुइँकेल मंगलवार खगेन्द्र संग्रौलाको निवास पुगेका छन् ।
राजनीतिक बिश्लेसक तथा चर्चित लेखक संग्रौलाको चाबहिल स्थित निवासमै पुगेर बाम गठबन्धनका उम्मेदवार कुइँकेलले मत मागेका हुन् ।

घरभित्र रहेका संग्रौलालाई जब आँगनमा बोलाइयो तब घरदैलोमा सरिक गठबन्धनका कार्यकर्ता तथा नेताहरु संग्रौलाले के भन्लान् भन्ने पर्खाइमा थिए । तर संग्रौला मुसुक्क हासेर केहि नबोली हात जोडेर अभिवादन गर्दै बंगैचातर्फ लागे, लहरै फुलेका मध्ये केहि थुंगा फुल टिपे र कुइँकेलको हातमा राख्दै शुभकामना दिए ।
“घरदैलोमा हुनुहुन्छ, हतार छ, म रोक्दिन तर जतिदीन बाकि छ धेरै मिहिनेत गरौँ है १ धेरै खटौ है १ मिहिनेतले परिवर्तनलाई सम्भव तुल्याउछ” संग्रौलाले कुइँकेलको हात थाम्दै भने । मिहिनेत गर्दै गर्दा, जनताको घरदैलो पुग्दै गर्दा आफ्नो स्वास्थ्यको पनि ख्याल राख्न उनले सुझाए र उम्मेदवार कुइँकेलले शालीनताका साथ उनको सुझाव स्वीकार गरे ।
काठमाडौं क्षेत्र नम्बर ४ को प्रदेश सभा १ का बाम गठबन्धनका साझा उम्मेदवार निर्मल कुइँकेलले मतदाताको घर घर पुग्ने अभियानलाई तिब्रता दिएका छन् । कार्यकर्ताको बाक्लो उपस्थितिका बीच कुइँकेल निरन्तर घरदैलो अभियानमा व्यस्त रहेका छन् । उत्तम अधिकारी, काठमाडौं,

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...