एक्लो छोरो गुमाए पछी रोइरहेका प्रचण्डको मुहारमा माधब नेपालले यसरी पहिलो पटक मुस्कान आउने काम गरे



पुत्र वियोगपछि निकै ठूलो पीडामा डुवेका प्रचण्ड परिवार विस्तारै असहजबाट सहज अवस्थातिर फर्किने प्रयासमा लागेका छन् । ३६ वर्षको अल्पायूमै आफ्नो एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि निकै पीडामा डुवेका बुबा प्रचण्ड र आमा सिता दाहाल मंगलवार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा नाति–नातिनासँग मन बहलाउँदै गरेको अवस्थामा भेटिनुभयो ।

प्रकाशको निधनपछि पहिलो पटक औपचारिक कार्यक्रममा सहभागी हुन आफ्नो निर्वाचन क्षेत्र चितवन जाने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिवारसहित त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो । प्रचण्डसँगै पत्नी सीता, छोरीहरु रेणु, गंगा, वुहारी विना र प्रकाश पुत्र प्रणव पनि साथमै थिए ।

१०ः४५ को यति एयरलाईनसबाट चितवन जाने क्रममा परिवारसहित विमानस्थल पुग्नु भएका प्रचण्ड र उहाँको परिवारलाई सहज बनाउने सहजीकरणको भूमिका पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाह गर्नुभएको थियो । प्रचण्ड भन्दा करिब १० मिनेट अघि नै विमानस्थल पुग्नु भएका नेपालले प्रचण्ड परिवारलाई त्यहाँ स्वागत मात्र गर्नुभएन, केही सहज वातावरण पनि निर्माण गरिदिनुभयो ।

प्रचण्डकी कान्छी छोरी गंगाकी पुत्री र प्रकाश–विनाका पुत्रलाई घरी प्रचण्डको काखमा राखिदिने त घरी आफैले काखमा राखेर प्रचण्डको मुहारमा मुस्कान ल्याउने प्रयास उहाँले निरन्तर गरिरहनुभयो । करिब आधा घण्टा प्रचण्ड र नेपालसँगै रहनु भएका माओवादी नेताहरु रामबहादुर थापा ‘वादल’ र मात्रिका यादवले पनि वातावरणलाई सहज बनाउने प्रयास गर्नुभयो । त्यसको केहीवेरपछि एउटै विमानमा चढेर प्रचण्डसँगै नेपाल पनि चितवन प्रस्थान गर्नुभयो ।

चितवनमा हुने विशाल सभामा एमाले अध्यक्ष केपी शर्मा ओली, नेता नेपाललगायतले सम्वोधन गर्नुभएको छ । सभामा प्रचण्ड उपस्थित भए पनि सम्वोधन भने गर्नु हुने छैन ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको