ईश्वर पोखरेलको यस्तो आक्रामक चुनाबी प्रचार देखी पछी प्रतिस्पर्धी उम्मेदवारलाई भयो भाउन्न,पोखरेलको जित सुनिश्चित



नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मंगलबार विहान टोखा नगरपालिका तिलिङटारबाट बिहान नौ बजे घरदैलो अभियान सुरु गरे। काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेलको साथमा थिए प्रदेश सभा (ख) का उम्मेदवार दीपक निरौला र कार्यकर्ताहरु।

मुस्कानसहित अभिवादन गरेर भोट माग्दै हिंडेका पोखरेललाई मतदाताले टिका र खादा लगाएर जितको शुभकामना दिने गरेका थिए। तर उनले मतदाताले लगाइदिएको खादा मतदातालाई नै लगाइदिए।

मतदाताले जितको शुभकामना दिएपछि पोखरेल भन्दैथिए,‘मतदातालाई सधैँ सम्मान गरेको र गरिरहन्छु।’ घरदैलो अभियानका क्रममा आफ्नो जित सुनिश्चित रहेको भन्दै पोखरेल ठाउँठाउँमा मतदातासँग फोटोसमेत खिचाउँथे।

यसैक्रममा पोखरेलको टोली पुग्यो कर्मवन्धी शर्माको घरमा। शर्माले पोखरेललाई शुभकामना दिँदै भने,‘हाम्रो भोट तपाईँलाई नै हो, एमालेको राष्ट्रियताको अडान र राजनीतिक स्थायित्वको लागि वाम गठबन्धनका साझा उम्मेदवारलाई भोट।’

भोटसहितको आशीर्वाद माग्दै घरदैलो अभियानमा रहेका पोखरेललाई भेटिएका सबै मतदाताले भोट दिने आश्वासन दिएका थिए। मतदाताको यस्तो आश्वासन पाएपछि पोखरेल उत्साहित बनेका थिए।

घरदैलो अभियानकै क्रममा एक जना पाका मतदाता रेवती लामिछाने भेटिए। उनले कांग्रेस बहुमतको सरकारले केही गर्न नसकेको भन्दै पोखरेललाई भोट दिने आफ्नो इच्छा भएको सुनाए।

कथाकार हरि खनालको घरमा पुगेका पोखरेललाई उनले भोट दिने बताए। खनालले भने,‘पोखरेल यहाँको स्थानीय भएकाले यहाँका समस्या बारे जानकार छन्। राष्ट्रिय राजनीतिमा योग्दान पुर्‍याउने राष्ट्रको आवश्यक नेता भएकोले सबैले भोट दिएर जिताउनुपर्छ।’

मंगलबार अढाई घण्टामा करिब चार सय घरमा घरदैलो गरेका पोखरेलले सयुक्त निर्वाचन परिचालन कमिटीको कार्यालय टोखा नगरपालिका ५ मा पुगेर साढे एघार बजे आजको घरदैलो कार्यक्रम समापन गरे।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको