आइसिसी महिला विश्वकप : नेपाल र हङकङले अंक बाँडे



हाम्रो इकोनोमि

काठमाडौँ । थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एसिया कप छनोट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको खेल वर्षाले अवरुद्ध भएपछि दुवै टोलीले अंक बाँडेका छन् ।

वर्षाका कारण खेल हुन नसकेपछि टस नै नभई दुवै टोलीले एक÷एक अंक बाँडेका हुन् । नेपालले लगातार दोस्रो पटक अंक बाडेको हो । यसअघि हिजो भएको थाइल्याण्डविरुद्धको पहिलो खेलमा पनि वर्षा बाधक बनेपछि नेपालले अंक बाँडेको थियो ।

नेपालले दोस्रो इनिङ्समा पूरा ब्याटिङ गर्न नपाएपछि थाइल्याण्डविरुद्धको खेलमा अंक बाँडेको थियो । यससँगै नेपाल दुई अंकका साथ अंक तालिकामा तेस्रो स्थानमा छ भने पहिलो खेल जितेको हङकङ दुई खेलबाट तीन अंक जोड्दै शीर्ष स्थानमा छ ।

विभिन्न ६ राष्ट्रले भाग लिएको उक्त छनोट खेलमा मलेसिया रनरेटको आधारमा दोस्रो स्थानमा छ भने युएई चौथो, थाइल्यान्ड पाँचौँ र चीन छैटौँ स्थानमा छ । नेपालले अब आफ्नो तेस्रो खेल बिहीबार युएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...