आइसिसी महिला विश्वकप : नेपाल र हङकङले अंक बाँडे



काठमाडौँ । थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एसिया कप छनोट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको खेल वर्षाले अवरुद्ध भएपछि दुवै टोलीले अंक बाँडेका छन् ।

वर्षाका कारण खेल हुन नसकेपछि टस नै नभई दुवै टोलीले एक÷एक अंक बाँडेका हुन् । नेपालले लगातार दोस्रो पटक अंक बाडेको हो । यसअघि हिजो भएको थाइल्याण्डविरुद्धको पहिलो खेलमा पनि वर्षा बाधक बनेपछि नेपालले अंक बाँडेको थियो ।

नेपालले दोस्रो इनिङ्समा पूरा ब्याटिङ गर्न नपाएपछि थाइल्याण्डविरुद्धको खेलमा अंक बाँडेको थियो । यससँगै नेपाल दुई अंकका साथ अंक तालिकामा तेस्रो स्थानमा छ भने पहिलो खेल जितेको हङकङ दुई खेलबाट तीन अंक जोड्दै शीर्ष स्थानमा छ ।

विभिन्न ६ राष्ट्रले भाग लिएको उक्त छनोट खेलमा मलेसिया रनरेटको आधारमा दोस्रो स्थानमा छ भने युएई चौथो, थाइल्यान्ड पाँचौँ र चीन छैटौँ स्थानमा छ । नेपालले अब आफ्नो तेस्रो खेल बिहीबार युएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ