काठमाडौँमा राजेन्द्र लिङ्देनलाई ‘सिध्याइदिने’चेतावनी दिदै एक्कासी यसरी झापा हान्निए कृष्ण सिटौला



नेपाली कांग्रेसका नेता एवम् झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले आफ्ना प्रतिस्पर्धी राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेनलाई ‘सिध्याइदिने’ चेतावनी दिएका छन् । उनले आफ्नो चुनावी क्षेत्र झापा जानुअघि मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘राजा चाहिन्छ’ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समाप्त पार्ने चेतावनी दिएका हुन् ।

नेता सिटौलाले आफ्ना प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनजस्ता ‘राजा चाहिन्छ’ भन्ने मान्यता बोकेकाहरुलाई यो निर्वाचनबाट आफूले समाप्त पार्न चाहेको स्पष्ट पारे । उनले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टयाउने खोज्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा मतदान नगर्न पनि आफ्ना निर्वाचन क्षेत्रका मतदातालाई अपिल गरे ।

नेता सिटौलाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता परिवर्तन विरोधी शक्तिलाई एमाले र माओवादी केन्द्रले सघाउने हुन वा होइनन् त्यो भने हेर्न बाँकी रहेको प्रतिक्रिया पनि दिए । झापामा लोकतान्त्रिक गठबन्धनविरुद्ध उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एमाले, माओवादी केन्द्र नेतृत्वको बाम गठबन्धनको साथ छ । नेता सिटौलाले परिवर्तन विरोधी धारलाई समाप्त पारेर मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा अघि बढाउन आफूले चाहेको पनि स्पष्ट पारे ।

कांग्रेस नेता सिटौलाले शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्न नहुनेमा पनि जोड दिए । शान्ति सम्झौता भएको ११ वर्ष पूरा भएको दिनको स्मरण गर्दै उनले शान्ति प्रक्रियालाई पूर्णता दिने काममा ढिलाई गर्न नहुने धारणा राखेका हुन् । नेता सिटौलाले द्वन्द्व पीडितलाई न्याय दिएर मात्रै शान्ति प्रक्रियालाई पूर्णता दिन सकिने पनि स्पष्ट पारे ।

कांग्रेस नेता सिटौलाले मुलुकमा राजनीतिक परिवर्तन भएपनि शान्ति प्रक्रियामा बाँकि कार्यभार पूरा हुन नसकेकोमा चिन्ता पनि व्यक्त गरे । तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन नेता सिटौलाले अग्रणी भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको