काठमाडौँमा राजेन्द्र लिङ्देनलाई ‘सिध्याइदिने’चेतावनी दिदै एक्कासी यसरी झापा हान्निए कृष्ण सिटौला



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका नेता एवम् झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले आफ्ना प्रतिस्पर्धी राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेनलाई ‘सिध्याइदिने’ चेतावनी दिएका छन् । उनले आफ्नो चुनावी क्षेत्र झापा जानुअघि मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘राजा चाहिन्छ’ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समाप्त पार्ने चेतावनी दिएका हुन् ।

नेता सिटौलाले आफ्ना प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनजस्ता ‘राजा चाहिन्छ’ भन्ने मान्यता बोकेकाहरुलाई यो निर्वाचनबाट आफूले समाप्त पार्न चाहेको स्पष्ट पारे । उनले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टयाउने खोज्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा मतदान नगर्न पनि आफ्ना निर्वाचन क्षेत्रका मतदातालाई अपिल गरे ।

नेता सिटौलाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता परिवर्तन विरोधी शक्तिलाई एमाले र माओवादी केन्द्रले सघाउने हुन वा होइनन् त्यो भने हेर्न बाँकी रहेको प्रतिक्रिया पनि दिए । झापामा लोकतान्त्रिक गठबन्धनविरुद्ध उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एमाले, माओवादी केन्द्र नेतृत्वको बाम गठबन्धनको साथ छ । नेता सिटौलाले परिवर्तन विरोधी धारलाई समाप्त पारेर मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा अघि बढाउन आफूले चाहेको पनि स्पष्ट पारे ।

कांग्रेस नेता सिटौलाले शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्न नहुनेमा पनि जोड दिए । शान्ति सम्झौता भएको ११ वर्ष पूरा भएको दिनको स्मरण गर्दै उनले शान्ति प्रक्रियालाई पूर्णता दिने काममा ढिलाई गर्न नहुने धारणा राखेका हुन् । नेता सिटौलाले द्वन्द्व पीडितलाई न्याय दिएर मात्रै शान्ति प्रक्रियालाई पूर्णता दिन सकिने पनि स्पष्ट पारे ।

कांग्रेस नेता सिटौलाले मुलुकमा राजनीतिक परिवर्तन भएपनि शान्ति प्रक्रियामा बाँकि कार्यभार पूरा हुन नसकेकोमा चिन्ता पनि व्यक्त गरे । तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन नेता सिटौलाले अग्रणी भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...