दुर्गममा मतपेटिका ढुवानी गर्न हेलिकप्टर प्रयोग



हाम्रो इकोनोमि

सोलुखु्म्बुको अति दुर्गम क्षेत्रबाट केन्द्रसम्म मतपेटिका ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बसेको सर्वपक्षीय छलफलमा अतिदुर्गम क्षेत्रबाट मतपेटिका ढुवानी गर्न हेलिकप्टर व्यवस्थापनका लागि निर्वाचन आयोगमा अनुरोध गर्ने निर्णय गरिएको हो ।

भौगोलिक विकटता, मौसम प्रतिकूलता र यातायात, सञ्चार असुविधाका कारण हेलिकप्टरबाट ढुवानी गर्न सहज र सुरक्षित हुने भएकाले सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

लिखुपिके गाउँपालिका, खुम्बु पासाङल्ह्मु गाउँपालिकामा रहेको मतदान केन्द्र अति दुर्गम मानिएको छ । महाकुलुङ र दूधकौशिका गाउँपालिकाको केही भागमा रहेको मतदान केन्द्र पनि अति दुर्गममा पर्दछन् ।

यही मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा यस जिल्लामा ११८ मतदानस्थल र १२५ मतदान केन्द्र छन् ।

उक्त केन्द्र सदरमुकामदेखि ९६ किलोमिटर दुरीमा छ । जहाँ पुग्न सदरमुकामदेखि चार दिन पैदल हिँड्नुपर्छ । चिसो बढेसँगै भरिया पाउन पनि समस्या हुन्छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...