ओलीले देउवालाई थर्काए पछी उम्मेदवार माथी गोला बारुद हान्ने विप्लब समात्न देउवाले दिए यस्तो उर्दी,कहाँ छन् विप्लब?



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावका उम्मेदवारमाथिको आक्रमण नरोकिएको खण्डमा आवश्यकताको आधारमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई समेत पक्राउ गर्न आदेश दिएका छन् ।
गृहमन्त्रालयसमेत आफैंसँग राखेका देउवाले बम र विस्फोटका घटनाका विप्लव समुहको संलग्नता व्यापक देखिएको रिपोर्ट सुरक्षा निकायबाट पाएपछि त्यस्तो निर्देशन दिएको सुरक्षा स्रोतले जनायो ।

प्रधानमन्त्रीको आदेशपछि सुरक्षा निकायले विप्लव नेतृत्वको पार्टीका उच्च तहका नेतालाई निगरानीमा राखेको छ । कार्यकर्तालाई प्रयोग गरी आतंक मच्चाउने काम गर्नेलाई तत्काल पक्राउ गरी कारवाहीका लागि सुरक्षा संयन्त्र हाई एलर्ट पारिएको छ ।
निर्वाचन विथोल्नका लागि परेका विप्लवसम्मलाई पक्राउ गरी कारवाही गरिने गृह स्रोतले जनायो । केही दिनयता चुनाव विरोधी हिंसा बढ्दै जाँदा सरकारी सुरक्षा नीतिको आलोचना भइरहेको थियो । ‘विप्लव’ नेतृत्वको पार्टीले चुनाव बिथोल्न खोजेको भन्दै प्रधानमन्त्री देउवाले उक्त दलविरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्ने बताएका छन्।
प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीमा उनले विप्लवको नामै लिएर चुनाव बिथोल्न खोज्ने सबैलाई गिरफ्तार गर्ने अवस्था आएको औंल्याउँदै भने, ‘सबैलाई पक्रेर भए पनि विप्लव समूहको चुनाव बिथोल्ने गतिविधि परास्त गर्न आवश्यक छ ।’
प्रधानमन्त्री स्वयम्ले विप्लव समूह भन्दै चुनाव बिथोल्न खोजेको आरोप लगाउनुलाई सरकार ती घटनामा उसलाई जिम्मेवार ठहराउने चरणमा पुगेको छ ।
गृहसचिव मोहनकृष्ण सापकोटाले प्रधानमन्त्रीले विप्लव समुहको नाम लिएका कारणले उक्त समुह र अन्य कुनैपनि चुनावविरोधी समुहलाई गृहले निगरानीमा राखेको बताएका छन् । उनले आपराधिक र उम्मेदवार तथा मतदातालाई असुरक्षित हुने कसैलाई पनि नछाडिने बताए । देउवालाई केपी ओलीले थर्काए पछी आबश्यक परे विप्लबलाई समेत समात्नु भन्दै गृह सचिबलाई आजै देउवाले निर्देशन दिएका छन ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...