आर्थिक क्रान्ति पूरा गर्नुपर्ने नेता श्रेष्ठको जोड



हाम्रो इकोनोमि

काठमाडौँ । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले थानकोटदेखि कलंकी र कलंकीदेखि बल्खुको सडक विस्तार कार्य चाँडो पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा (एमाले) क्षेत्र नं ९ बल्खु एकाइले आज आयोजना गरेको चुनावी कार्यक्रममा उहाँले उक्त सडकखण्ड विस्तार एवं पुनःनिर्माणमा ढिलाइ हुँदा धुवाँ र धुलोको समस्याले स्थानीयवासीलाई समस्या भएको बताउनुभयो ।

मुलुकमा शान्ति र सरकारको स्थायित्वका लागि वाम गठबन्धन भएको बताउँदै नेता श्रेष्ठले गठबन्धन बनेपछि नेपाली काँग्रेसले अत्तालिएर वाम सरकार गठन भए अधिनायकवाद आउने भ्रम फैलाएको आरोप लगाउनुभयो ।

देशमा राजनीतिक स्थिरता कायम गरी जनतालाई समृद्ध बनाउन आफूले उम्मेदवारी दिएको बताउँदै उहाँले प्राचीन महत्वको इन्द्र दहका साथै। विभिन्न जात्रा र पर्वको संरक्षण गरी यो क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने आफ्नो योजना रहेको उल्लेख गर्नुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता श्रेष्ठले देशमा राजनीतिक परिवर्तन पूरा भएकाले अब सामाजिक रूपान्तरण गरी आर्थिक क्रान्ति पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं (क) का उम्मेदवार डा अजयक्रान्ति शाक्यले देशमा पूर्वाधार निर्माण तथा स्थानीय विकासका कार्यमा लगानी वृद्धि गरी रोजगार सिर्जना गर्ने योजना रहेको बताउँदै जनतालाई परिवर्तनको अनुभूति गराउन वाम सरकारको नेतृत्वको आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...