नयाँ कक्षाकोठामा पढ्न पाउँदा उत्साहित छन् चेपाङ बालबालिका



हाम्रो इकोनोमि

धादिङ । थाक्र्रे गाउँपालिका–८ स्थित काउले आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत उज्ज्वल तामाङलाई नयाँ कक्षाकोठामा पढ्न पाउँदा रमाइलो लागेको छ ।

“पहिला त पुरानो भवन र बस्ने डेक्स बेन्च पनि पुराना भएकाले स्कुल आउन पनि मन लाग्दैनथ्यो तर अहिले त नयाँ कक्षाकोठा, नयाँ बस्ने ठाउँ भएपछि भने स्कूल आउन मन लाग्छ”, उज्ज्वलले भने ।

नयाँ भवनमा पढ्न पाउँदा कक्षा ४मा अध्ययनरत पारस लामा पनि खुसी छन् । नयाँ कक्षा कोठामा पढ्न पाउँदा उनलाई अझ पढ्न मन लागेको छ । कक्षा ३मा अध्ययनरत सञ्जीला चेपाङले पनि नयाँ कक्षाकोठामा पढ्न पाउँदा खुसी लागेको सुनाइन् ।

सुइस नागरिक मार्लिस च्याण्टनले काउले आधारभूत विद्यालयका लागि चार कोठे भवन निर्माण गरी हस्तान्तरण गरेपछि उज्ज्वल र पारस मात्रै होइन त्यस विद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थी खुसी छन् । विद्यार्थीका अभिभावक र शिक्षक पनि उत्तिकै खुसी छन् ।

“चार वर्षअघि यस विद्यालयमा म सरुवा भएर आउँदा नाजुक अवस्था थियो, पुरानो काठको दलिन र चिर्पट राखेर पुरानै ढाँचाले बनाइएको दुई तलाको भवन थियो, कतै माथिल्लो तला खसेर तलका विद्यार्थीलाई च्याप्ने हो कि भन्ने डर थियो तर अहिले नयाँ भवन बनेपछि खुसी लागेको छ”, विद्यालयका प्रधानाध्यापक कृष्णकुमार हमालले भन्नुभयो ।

थाक्र्रे गाउँपालिकामा सामुदायिक ४४ र संस्थागत पाँच गरी जम्मा ४९ वटा विद्यालय छन् । तीमध्ये मदरसा पढाइ हुने एउटा धार्मिक विद्यालय पनि छ ।

समाजसेवी कुमार कार्कीको समन्वयमा सुइस कन्ट्याक्ट नामक संस्थाका च्यान्टनले चार रोपनी तीन आना क्षेत्रफल जमिनमा चार कोठाको पक्की भवन निर्माण गरी हस्तान्तण गर्नुभएको सो भवन रू ७० लाखको लागतमा भवन निर्माण गरिएको हो ।

राजधानी काठमाडौँबाट करिब ३२ किमी पश्चिममा रहेको सो स्थानमा अत्यन्त न्यून आय भएका चेपाङ र तामाङ समुदायको बसोबास छ । विसं २०४६ मा स्थापना भएको सो विद्यालयमा विद्यार्थीलाई पढाइमा आकर्षण गर्न च्यान्टोनले दैनिक दिवा खाजाको समेत व्यवस्था गर्नुभएको छ ।

“हामीले नयाँ भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेका छौँ, नयाँ नयाँ बेन्च, कुर्सी र दिवा खाजाको समेत व्यवस्था भइसकेकाले अब विद्यार्थी विद्यालय आउन प्रोत्साहित हुन्छन् भन्नेमा म आशावादी छु”, सुइस नागरिक च्यान्टनले भन्नुभयो ।

“हाम्रो उद्देश्य भनेको विद्यालय निर्माण मात्रैभन्दा पनि विद्यार्थीलाई विद्यालयसम्म कसरी पु¥याउने, त्यहाँका तामाङ र चेपाङ समुदायको शिक्षामा कसरी पहुँच पु¥याउन सकिन्छ भन्ने भएकाले पहिला भवन निर्माण नै पहिलो आवश्यकता भएको सहसुस गरियो”, समाजसेवी कार्कीले भन्नुभयो । थाक्र्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले आगामी आवमा सो विद्यालयका लागि आफूले सकेको बजेट व्यवस्थापन गर्ने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...