निर्वाचन आयोगलाई एमालेले भन्यो : आचारसंहिता उल्लंघन रोक्नुस वा सवैलाई छुट दिनुस



नेकपा एमालेले सत्ताको दुरुपयोग गर्दै नेपाली कांग्रेसले निरन्तर निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको तथ्यसहित तत्काल रोक लगाउन निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ । पोलिटब्युरो सदस्य तथा केन्द्रीय निर्वाचन परीचालन कमिटीका सदस्इ अग्नि खरेल नेतृत्वको टोलीले आज आयोगका पदाधिकारीलाई भेटी आचार संहिता उलंघन रोक्न ध्यानाकर्षण गराएको हो ।

आयोग पदाधिकारीलाई ध्यानाकर्षण पछि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी एमालेले आफ्नो भनाई सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा एमालेले सत्ताको आडमा भइरहेको आचारसंहिता उल्लंघन तत्काल रोक्न आयोगको गम्भीर ध्यानाकर्षण गराइएको जानकारी दिएको हो । एमाले पोलिटब्यूरो सदस्य अग्नी खरेल नेतृत्वको एमाले टोलीले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलगायत पदाधिकारीलाई भेटी आचारसंहिता उल्लंघनका घटनाहरुको फेहरिस्त प्रस्तुत गर्दै तत्काल रोक लगाउन ध्यानाकर्षण गराएको थियो ।

‘अहिले सत्ताको आडमा कांग्रेसले जताततै आचारसंहिता उल्लंघन गरिरहेको छ तर निर्वाचन आयोगले के गरिरहेको छ ? प्रमुख आयुक्त यादवलाई गरिएको ध्यानाकर्षण उद्धृत गर्दै निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले भन्नुभयो,‘कांग्रेसले गरिरहेको आचारसंहिता उल्लंघन तत्काल रोक्नुस्, यदी रोक्न सक्नुहुन्न भने अरु जस्तै हामीलाई पनि प्रचार गर्ने छुट दिनुस् ।’ एमालेको त्यस्तो ध्यानाकर्षणपछि प्रमुख आयुक्त यादवले उल्लंघन रोक्न आयोगले तत्काल सरकार र सम्बन्धित संचार माध्यमसँग कुराकानी गर्ने अवगत गराउनुभएको थियो ।

पत्रकार सम्मेलनमा पोलिटब्यूरो सदस्य खरेलले आचारसंहिता उल्लंघनका थुप्रै घटनाहरुको तथ्यसहित आयोगलाई अवगत गराएको जानकारी गराउनुभयो । ‘हामीले स्थान नै किटान गरेर कसरी आचारसंहिता उल्लंघन भइरहेको छ भन्ने तथ्य आयोगलाई अवगत गराएका छौं’, खरेलले भन्नुभयो,‘चावहिलको गणेशस्थान, बानेश्वरको शान्तिनगर चोकमा तुल र ब्यानरहरु टाँगिएको छ, त्यसैले यदी आचारसंहिता कागजमा सिमित गराउन खोजिएको होइन भने तत्काल त्यस्तो प्रचारमाथि रोक लगाउनुप¥यो, होइन भने हामी पनि त्यस्तै प्रचारका लागि बाध्य हुनेछौं ।’ उहाँले काठमाडौं–१ मा रत्नराज्य उच्च माविकी प्राचार्य गिता शिवाकोटी खरेलले कांग्रेस उम्मेद्वार प्रकाशमान सिंहलाई सामाजिक सञ्जाल र युट्यूवमार्फत खुलेआम मत मागिरहेको तथ्यसमेत प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

माओवादीले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्ने

    नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन र खबरदारी सभा