कम्युनिस्ट सरकार आएपछि नेपालको अर्थतन्त्र बलियो हुन्छ: अध्यक्ष ओली



हाम्रो इकोनोमि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकार आएपछि नेपालको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको, ‘अबको संकल्प आर्थिक समृद्धि : राष्ट्रिय आर्थिक बहस’ विषयक अन्तक्र्रियामा अध्यक्ष ओलीले कम्युनिस्ट सरकार आएपछि अर्थतन्त्र तहसनहस नभई झन बलियो हुने बताउनुभयो ।

उहाँले कम्युनिस्ट सरकारमा बन्द, हडताल भन्ने कुरा नहुने र रोजगारका लागि विदेश गएका ४० लाख युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउने दाबी गर्नुभयो । वाम गठबन्धनको चुनावी घोषणापत्र आर्थिक समृद्धिका दृष्टिकोणले महत्वकांक्षी भएजस्तो देखिए पनि पूरा गर्न सकिने योजना भएको अध्यक्ष ओलीको भनाइ थियो ।

उहाँले भन्नुभयो, “महत्वाकांक्षी योजना नबनाउने हो भने त सधैँ यथास्थितिमा बसे भैगोनि, विकासका लागि महत्वाकांक्षी योजना जरुरी छ ।”

पश्चिमा देशले गरेको विकासभन्दा नेपालले तीव्ररुपमा विकास गर्न सक्ने र पश्चिमा देशले विकास गर्दा सूचना प्रविधिको विकास नभएको हुँदा जति समय लाग्यो अब नेपालको विकास गर्न त्योभन्दा कम समय लाग्ने अध्यक्ष ओलीले बताउनुभयो । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य (सन् २०१७ देखि सन् २०३० सम्म) मा हस्ताक्षर गर्ने १९३ देशमध्ये नेपाल पनि रहेको भन्दै उहाँले द्रुत विकास तर दिगो विकास शैलीमा नेपालको विकास गर्नुपर्ने जरुरी छ भन्नुभयो ।

नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले नेपालको अर्थतन्त्रको विकासका लागि कुरा मात्र नभई स्पष्ट योजना हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दिगो विकासको लक्ष्य पूरा गर्नका लागि निकै मेहनत गरेर सोहीअनुरुप योजना बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

महासंघका अध्यक्ष भवानी राणाले स्थिर सरकार आएपछि मुलुकको अर्थतन्त्र बलियो हुनेमा आशावादी रहेको र निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन : कुलमान

     उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाबाट जनताको आशा र भरोसा...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

बजारमा पर्याप्त मात्रामा आउन थाल्यो नेपाली आँप

    काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा...

मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकलबाट लडेका छन् । उदयपुरको...