मन्त्रीको सहि चोरेको र घडी गायब पारेको आरोप लागेका खतिवडा हार्ने निश्चित भए पछी ओखलढुंगामा यज्ञको जयजयकार



हाम्रो इकोनोमि

राष्ट्रिय राजनिती अझ संसद हुदा सधै चर्चामा रहेका कांग्रेस नेता रामहरी खतिवडा फेरि एक पटक चर्चामा आएका छन। काइते काम गर्न खप्पिस खतिवडाले गर्न बाकी काम कुनै छैन। चर्चामा आउन अनेक गर्न जानेका उनले मन्त्री भए पछी मात्र बिहे गर्ने नाटक गरे,त्यो लगत्तै उनलाई घडी चोरेको संगीन आरोप लाग्यो,उनले त्यसको चित्त बुझ्दो जवाफ हाल सम्म दिन सकेका छैनन्।

चाकडी गर्ने कलामा बरदान पाएका खतिवडाले आधा दर्जनलाई बिहे गर्छु भन्दै रिजर्बमा राखेका छन। कागको फुल चोर्ने बानी परेका खतिवडा नाई र सक्दिन केही भन्दैनन र गर्न पनि केही सक्दैनन्, तीन भारी गफ लगाएर अहिले सम्म जीवन धानेका उनले अब भने त्यो काम बाट पार पाउदैछन्। एमालेका यज्ञ राज सुनुवारले प्रतिनिधी सभा सदस्यमा पराजित गरे संगै खतिवडाको धन्धा सकिने उनलाई नजिक बाट जान्ने सुन्ने हरुनै बताउछन्।

बिगतमा कांग्रेस नेता बलबहादुर राईको स्वकीय सचिब हुँदा खतिवडाले उनै राईको नक्कली सहि गरेर लाखौ असुलेका थिए। त्यहि पैसाले ज्ञानेश्वरमा ८ आनामा बनेको २ तले घर खरिद गरेका थिए, अहिले पनि उक्त घर छ। तर खतिवडा भने डिल्लीबजार पिपलबोट नजिकै कोठा भाडामा लिएर बस्ने गरेका छन। तत्कालिन मन्त्री राईको दस्तखत किर्ते गरेको अभियोगमा एक महिना जेल बसेका अभियुक्त खतिवडा यो पटकको निर्वाचनमा हार्ने निश्चित जस्तै भएको छ। त्यागी र बिकाश प्रेमी नेता सुनुवारको जित निश्चित भए संगै ओखलढुंगामा स्थानीयले खुसी मनाउन थाली सकेका छन्।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...