महासचिव पोखरेललाई खेलाडिहरुको समर्थन



हाम्रो इकोनोमि

काठमाडौं । राष्ट्रिय खेलाडीहरुले नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेललाई आसन्न निर्वाचनमा विजयका निम्ती शुभकामना दिएका छन् । वाम गठवन्धनका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ५ वाट प्रतिनिधीसभा सदस्य तर्फका उम्मेदवार रहनुभएका महासचिव पोखरेललाई खेलाडीहरुले आफुहरुको समर्थन हुने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली फुटवलका चर्चित डिफेन्डर राकेश श्रेष्ठ र स्ट्राइकर हरि खड्कासहित धापासीस्थित उहाँको निवासमा पुगेका खेलाडीहरुले यस निर्वाचनमा महासचिव पोखरेलले जित्नै पर्ने भन्दै शुभकामना दिएका थिए । ‘तपाई जस्तो वौद्धिक र देशकै नेतृत्व गर्ने सक्ने खुवी भएको नेताले यसपाली निर्वाचन जित्नु पर्छ भनेर हामीहरु तपाईलाई शुभकामना दिन घरमै आएका हौं’, फुटवलका चर्चित डिफेन्डर राकेश श्रेष्ठले महासचिवसँगको भेटमा भनेको उहाँलाई उद्धृत गर्दै निर्वाचन परिचालन कमिटीका संयोजक तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले वताउनुभयो ।

भेटमा खेलाडीहरुले महासचिव पोखरेललाई निर्वाचनमा विजय भएर खेलकुदको विकासमा लाग्नुपर्ने सुझाव दिएका थिए । ‘तपाई निर्वाचित भएपछि खेलकुदको विकास र खेलाडीहरुको हितमा काम गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं’– भन्दैं स्ट्राइकर हरि खड्काले सुझावका क्रममा बताउनुभएको थियो । उहाँहरु सवै महासचिव उम्मेदवार रहेको निर्वाचन क्षेत्र ५ अन्तर्गतको काठमाडौं महाननगरपालिका वडा नं. ५ टंगालका मतदाता हुनुहुन्छ । टंगालका व्यवसायी र स्थानीय अगुवासहित उहाँले महासचिवलाई भेट्नुभएको हो ।

महासचिव पोखरेलले खेलाडी राष्ट्रको एकतालाई जोड्ने माध्यम भएको भन्दैं खेलकुदको विकासमा आफु सदैंव लाग्ने बताउनुभयो । उहाँले खेलक्षेत्रको विकासका निम्ती आफुलाई ठोस प्रस्ताव सहित निरन्तर सल्लाह र सुझाव दिन आग्रह गर्नुभयो । महासचिवसँगको भेटपछि उत्साहित भएका खेलाडीहरुले उहाँलाई जिताउन एकतावद्ध भएर लाग्ने बताएका थिए । निर्वाचनमा महासचिवको विजयका निम्ती राष्ट्रीय कलाकारहरुदेखि चिकित्सकसम्मले अभियान सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...