समबेदना दिन पुगेका संग तीन बर्ष अघी छोरी बितिन अहिले एक्लो छोरो गयो भन्दै लाजिम्पाटमा यसरी रोए प्रचण्ड(भिडियो)



हाम्रो इकोनोमि

युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन भइरहेको बताएका छन्। छोरा प्रकाशको निधनप्रति समवेदना प्रकट गर्न लाजिम्पाटस्थित निवास पुगेका शुभेच्छुकहरुसँगको छोटो कुराकानीमा प्रचण्डले परिवारलाई सम्हाल्न गार्‍हो भइरहेको बताएका हुन्।

यद्यपी, अर्धाङ्गिनी सीता दाहाल पनि विस्तारै सम्हालिँदै जान थालेको प्रचण्डले बताए। ‘म्याडमपनि विस्तारै सम्हालिन थाल्नु भएको छ, हाम्रा लागि सबै त छोराछोरी हुन्’ प्रचण्डले भने, ‘पुरै नर्मल भइसकेको त छैन। तर हामीबाट देशैभरिका जनताले हामीबाट अविभावकको जस्तो भूमिका खोजेका छन्। त्यसैले हामीले धैर्य गर्नुपर्छ भनेपछि विस्तारै नर्मल हुनेतिर गएको छ।’

प्रचण्डको भनाई जस्ताको तस्तै :

स्तब्ध हुने घटना भयो हाम्रो परिवारलाई। दुर्घटना भनेर जे हुन्छ, त्यस्तै भयो। यस्तो हस्पिटल, सारा विज्ञानको विकास भएको छ। तर हस्पिटल नलगीकन उ (प्रकाश) गयो। यसलाई हामीले दुर्घटनाजस्तो मानेका छौं।

तपाईंहरुले हामीलाई जुन समवेदन प्रकट गर्नुभएको छ, त्यसले हामीलाई ठूलो शक्ति प्रदान गरेको छ। म्याडमपनि विस्तारै सम्हालिन थाल्नु भएको छ। ‘सबै त छोराछोरी हुन्, हामीले देशैभरिका जनताले हामीबाट अविभावकको जस्तो भूमिका खोजेका छन्,त्यसैले हामीले धैर्य गर्नुपर्छ’ भनेपछि विस्तारै नर्मल हुनेतिर गएको छ। पुरै नर्मल भइसकेको त छैन। तर विस्तारै नर्मल हुनेतिर गएको छ।

हिजो समाचार सुन्ने बित्तिकै श्रद्धान्जलीमा, दाहसंस्कारमा जस्तो सहभागिता देखियो, त्यसका लागि हाम्रो परिवारको तर्फबाट पार्टीको तर्फबाट यहाँहरु सबैप्रति आभार प्रकट गर्न चाहन्छु। धन्यवाद पनि भन्न चाहन्छु।

पीडा त ठूलै छ। मैले त पार्टीको ‘लिडर’ को हैसियतले सबै घटना, हिजोका युद्ध, शान्तिका घटनाले गर्दा मैले त एक ढंगले ‘रियलाइज’ गर्न सक्ने नै छ। तर परिवारलाई सम्हाल्न गार्‍हो छ। किनभने, पहिले छोरीको दुर्घटना( त्यसपछि भावुक) तीन वर्ष नहुँदै छोराको घटना– यो घटनाले जुन विक्षिप्तता ल्याएको छ, त्यसलाई तपार्इंहरु जस्ता साथीहरुको समवेदना, सहयोगले शक्ति प्राप्त भएको छ।

यति भन्दै गर्दा प्रचण्ड निकै भावुक भइसकेका थिए। उनी बोल्दाबोल्दै कुनै शुभेच्छुकले ‘द्धन्दका पिता, शान्तिका पिताको घटनाले हामी शोकाकूल बनेका छौं, यो शोक शक्तिमा परिणत होस्’ भन्दै समवेदना दिए।

त्यसपछि प्रचण्ड झन् भावुक बने। उनको आँखा रसायो। उनले आफ्नो मन्तव्य अघि बढाउन सकेनन्।

‘धन्यवाद, तपाईंहरु सबैलाई धन्यवाद’ भन्दै रुँदै उनी घरभित्र पसे।

https://www.youtube.com/watch?time_continue=7&v=bEo5Zzdpefc

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...