सानिमा माईको १.४६ लाख कित्ता लिलामीमा, मंसिर ११ गतेदेखि किन्न सकिने



काठमाण्डौ । सानिमा माई हाइड्रोको बिक्री नभएको १ लाख ४६ हजार ५ सय ९२ कित्ता सेयर बोलकबोलबाट आगामी मंसिर ११ गतेदेखि बिक्री हुने भएको छ ।

दोश्रो बजारमामा प्रतिकित्ता ५०० रुपैयाँ माथि कारोबार भइरहेको हाइड्रोको सेयर ११ गतेदेखि खुल्ने आवेदनमा इच्छुक लगानीकर्ताले मंसिर १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।यो जलविद्युत आयोजनाको बिक्री नभएको सेयर खरीदका लागि धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार काठमाण्डौ बाहिरबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

सानिमा माई हाइड्रोपावर लिमीटेडले गत साउन २७ गतेदेखि भदौ २९ गतेसम्म हकप्रद सेयरको बिक्री खुल्ला गरेको थियो । सो क्रममा १ लाख ४६ हजार ५ सय ९२ कित्ताका लागि सेयरधनीले आवेदन दिएका थिएनन् । आवेदन नपरेको त्यही सेयर लिलामीको प्रक्रियाबाट बिक्रीगर्न लागिएको हो ।

यो कम्पनीको अबितरित सेयर खरीदका लागि इच्छुक लगानीकर्ताले काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटलको मुख्य कार्यालय, सनराइज बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीस्थित शाखा कार्यालयमा गएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० उल्लेख गर्नुपर्नेछ भने न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

    सरकारले सय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन गर्ने भएको छ

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि दमकमा गोली प्रहार

     झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि

परिणाम देख्नेगरी काम गरेको छु : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले देशको नेतृत्व सम्हालेपछि कयौं मानक