उम्मेदवारमाथी आक्रमण बढेपछि प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन , सुरक्षा रणनीति बदल्ने तयारी



हाम्रो इकोनोमि

 

उम्मेदवारमाथी आक्रमण बढेपछि प्रधानमन्त्री देउवाले सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन । उमेद्दवार र मतादातालाई ढुक्कसग चुनावमा भागलिन सक्ने वाताबरण बनाउन सुरक्षा निकायलाई निर्देशन दिउका हुन । हिजो प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उत्त कुरा बताएका हुन ।

निर्वाचन विरोधी गतिविधी र उम्मेदवारमाथीको आक्रमण बढेपछि प्रधानमन्त्री शेरवहादुर देउवाले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्दै हुनुहुन्छ । चुनावी प्रचारका क्रममा डढेलधुरामा रहनु भएका प्रधानमन्त्री देउवाले राजधानी फर्किए लगत्तै सुरक्षा अवस्था चुस्त बनाउनेबारे गृहमन्त्रालयका अधिकारी सहित सुरक्षा अंगका प्रमुखहरुसंग छलफल गर्न लाग्नुभएको हो ।

कैलालीको धनगढीमा रहेका प्रधानमन्त्री देउवाले काठमाण्डौँ फर्के लगत्तै बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आवश्यक निर्देशन दिने तयारी गर्नुभएको उहाँका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । उहाँ बिहान १० बजे कैलालीबाट काठमाडौं आउँदै हुनुहुन्छ । त्यसअघि काठमाण्डौमा उत्रिए लगत्तै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशप्रति श्रद्धाञ्जली दिन लाजिम्पाटस्थित दाहाल निवास जानुहुने परियारले जानकारी दिनुभयो ।

यसैबीच मध्यमाञ्चल स्तरीय सुरक्षा वैठक पनि गृहमन्त्रालयमा आज बस्दैछ । प्रधानमन्त्री देउवा सहित वस्ने वैठकमा ३ नम्बर प्रदेशका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखहरुसँग चुनावी सुरक्षा चुनौती र आवश्यक रणनीतिका बारेमा छलफल हुने गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...