विप्लबलाई सेना लगाएर ठिक पार्ने रक्षामन्त्री भीमसेनदास प्रधानको चेतावनी , चुनावमा हतियार सहितको सेना उतार्न निर्देशन



हाम्रो इकोनोमि

रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचनविरोधी गतिविधि रोक्न सेना बाहिर निस्किने बताएका छन् । उनले चुनाव विथोल्न खोज्ने गर्ने जो कोहीलाई सेनाले कडा कारबाही गर्ने चेतावनी दिए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै उनले यो घटना नेत्रविक्रम चन्द्य समुहले नै गराएको दावी गर्दै सेनाले अब त्यस्ता गतिविधि रोक्ने बताए ।

 

उनले विप्लप समुहको कारवाहकिा विषयमा आज सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले केही गम्भीर निर्णयलिने जानकारी दिए । ‘चुनाव रोक्ने जो सुकै समुह दल भएपनि सरकारले कारवाही गर्छ ’ बहसमा ऋषि धमलासँग कुराकानी गर्दै मन्त्री प्रधानले भने, ‘ सेनाले उम्मेदवार र सर्वसाधारणलाई लक्ष्य गरी विस्फोट गर्नु निन्दनीयछ त्यसरालाई रोक्न सेना कुनैपनि बेला बाहिर निस्किन सक्छ । ’ मुलुकभर भएका विस्फोटका घटनाले सेनालाई सचेत र गम्भीर बन्न बाध्य बनाएको बताए । उनले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै स्थलगत र हवाई गस्ती भइरहेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...