हिन्दु सस्कार अनुसार प्रचण्डले चीतामा रहेका छोरालाई यसरी दिए दागबत्ती,कसरी किरिया हुदैछ प्रकाशको?



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले पुत्र प्रकाशको पार्थिव शरीरमा दागबत्ती दिएका छन्।

प्रकाशका दुई छोरा सानै भएको र व्रतबन्ध नभएकाले बुबा प्रचण्डले नै दागबत्ती दिएका हुन्। प्रकाशको अन्त्येष्टिमा सहभागी हुन प्रमुख दलका शीर्ष नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको अहिले पशुपति आर्यघटमा ठूलो भिड लागेको छ।

यसअघि नर्भिक अस्पतालबाट उनको शव श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा राखिएको थियो। उनलाई श्रद्धाञ्जली अर्पण गर्न पेरिसडाँडामा पनि ठूलो घुइँचो लागेको थियो।

बिहान लाजिम्पाटस्थित निवासमा अचेत अवस्थामा रहेका उनलाई नर्भिक अस्पताल लगिएको थियो। अस्पताल नपुर्‍याउँदै उनको निधन भइसकेको चिकित्सकहरुले बताएका छन्। उनीहरुका अनुसार इमर्जेन्सीमा पुर्‍याउनेबित्तिकै प्रकाशको इसिजी गर्दा ‘फ्लाट’ आएको थियो। प्रकाशको किरिया प्रचण्ड नबस्ने र अरु कोही बस्नेमा दाहाल परिवारमा छलफल चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...