हिन्दु सस्कार अनुसार प्रचण्डले चीतामा रहेका छोरालाई यसरी दिए दागबत्ती,कसरी किरिया हुदैछ प्रकाशको?



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले पुत्र प्रकाशको पार्थिव शरीरमा दागबत्ती दिएका छन्।

प्रकाशका दुई छोरा सानै भएको र व्रतबन्ध नभएकाले बुबा प्रचण्डले नै दागबत्ती दिएका हुन्। प्रकाशको अन्त्येष्टिमा सहभागी हुन प्रमुख दलका शीर्ष नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको अहिले पशुपति आर्यघटमा ठूलो भिड लागेको छ।

यसअघि नर्भिक अस्पतालबाट उनको शव श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा राखिएको थियो। उनलाई श्रद्धाञ्जली अर्पण गर्न पेरिसडाँडामा पनि ठूलो घुइँचो लागेको थियो।

बिहान लाजिम्पाटस्थित निवासमा अचेत अवस्थामा रहेका उनलाई नर्भिक अस्पताल लगिएको थियो। अस्पताल नपुर्‍याउँदै उनको निधन भइसकेको चिकित्सकहरुले बताएका छन्। उनीहरुका अनुसार इमर्जेन्सीमा पुर्‍याउनेबित्तिकै प्रकाशको इसिजी गर्दा ‘फ्लाट’ आएको थियो। प्रकाशको किरिया प्रचण्ड नबस्ने र अरु कोही बस्नेमा दाहाल परिवारमा छलफल चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...