आज बिहानै संसार छोडेका प्रकाश दाहालले हिजो दिनभरी के-के गरे,उनको अन्तिम इच्छा के थियो ?



हाम्रो इकोनोमि

नेपाल टेलिकम र एन सेलको दुईवटा मोवाईल फोन बोकेर सधैंभरी सम्पर्कमा रहिरहने प्रकाश दाहालले हिजो दुवै फोन स्वीच अफ गरेका थिए । पारिवारीक श्रोतका अनुसार उनि हिजो दिनभर लाजिम्पाट स्थित निवासमै थिए । बुबा पुष्पकमल दाहालको नीजि सचिव पनि भएकाले उनि अक्सर प्रचण्ड संगै हुने गर्दथे ।

तर, झापामा भएको चुनावी सभामा प्रकाश गएनन् । राजनीतिक विषयबस्तु र अध्यक्ष प्रचण्डका बिषयमा पल, पलमा अपडेट गराईरहने प्रकाशले केही दिन यता फेसबुकमा समेत केही लेखेका थिएनन् । कार्तिक २८ गते लाजिम्पाट स्थित निवासमा आईपुगेको सेल्फी फोटो पोष्ट गर्दै उनले लेखेका थिए, चुनावी माहौल यता तिर, भोली फेरी अभियानमा हुनेछु ।’ सोही दिन उनले उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दिपेश सहितका साथीहरुसंगको फोटो र ३० गते आफ्ना छोराको फोटो बिहान ७ः२०मा पोष्ट गरे तर केही लेखेनन् । त्यसयता उनको फेसबुक अपडेट भएको छैन ।

दाहालले आफ्नो फेसबुक, र फेसबुक पेज दुवैमा प्रोफाईल फोटो व्ल्याक एण्ड ह्वाईट बनाएका थिए । पेजमा कार्तिक १५ र फेसबुकमा उनले २० गते व्ल्याक एण्ड ह्वाईट फोटो अपलोड गरेका हुन् । ५ लाख २१ हजार जनाले लाईक गरेको उनको फेसबुक पेज पनि छ । सो पेजमा पनि उनले केही दिन यता केहीपनि लेखेका थिएनन् । कार्तिक २९ गते उनले आफ्नी श्रीमती बिना मगरका विषयमा पत्रिकामा छापिएको स्टोरी सेयर गरेका थिए ।

फेसबुकमा प्रायजसो केही न केही लेखिरहने प्रकास केही दिन यता चुपचाप देखिन्थ्ये । स्रोतका अनुसार दाहाल शनिवार दिनभर घरमै थिए । आफ्नी आमा सिता दाहाल संग ‘अलि अलि ज्वरो आएको छ,’ भनेका थिए । शनिवार साँझ सुत्ने बेलामा अलिकति जाउलो खाएर सुतेको लाजिम्पाटमै बस्ने माओवादी नेता सन्तु दराईले जानकारी दिए । आज बिहान ५ बजेतिर दाहालकी आमाले उठाउन खोज्दा नउठेपछि आफुले नर्भिक अस्पताल लिएर आएको दराईले बताए । पौने ५ बजेको हाराहारीमा उनलाई अस्पताल पु¥याईएको थियो । तर अस्पताल पु¥याउनु अघिनै उनको निधन भईसकेको अस्पताल श्रोतको भनाई छ ।प्रकाश फेरि एक पटक बुबा प्रधानमन्त्री र पत्नी बिना मंत्री बनाउने अभियानमा रहेको उनी संग नजिक रहेका एक हितैषीले बताउने गरेका थिए। 

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...