छोराको पार्थिर शरीरमा पार्टीको झण्डा ओड़ाउदै यसरी डाको छोडेर रोहिरहे प्रचण्ड



हाम्रो इकोनोमि

छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए ।
हेलिकोप्टरमा काठमाण्डु आएका उनी लाजिम्पाटस्थित घरमा पुगेर नर्भिक अस्पतालमा आए । छोरा गुमाउँदाको पीडा उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । तर, उनले आफूलाई सम्हाले । सार्वजनिकरुपमा उनले आफ्नो दुःख पोखेनन् ।

तर, छोराको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा उनले पीडा लुकाउन सकेनन् ।
माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको छ । माओवादी नेता कार्यकर्ता तथा शुभचिन्तकहरु श्रद्धान्जली दिन पुगेका छन् ।

माओवादी नेताहरुको बीचमा प्रचण्ड थिए । अगाडि प्रकाशको पार्थिव शरीर राखिएको थियो । पार्टी प्रवक्ताले शोक वक्तब्य पढेपछि पार्टीको झण्डा ओढाउन आग्रह गरे ।
आफ्ना छोराको पार्थिर शरीरमा झण्डा ओढाउने क्रममा प्रचण्ड भावविह्ल बने । उनले छोराको अनुहारमा राम्ररी हेर्न समेत सकेनन् र रोइरहे ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...