काठमाडौं क्षेत्र नम्वर ४ मा राजन भट्टराईको पक्षमा उर्लियो जनलहर



हाम्रो इकोनोमि

काठमाडौं क्षेत्र नम्वर ४ का बाम गठबन्धनका उम्मेदवार डा. राजन भट्टराईको पक्षमा स्वतस्फुर्त रुपमा स्थानीय जनता निर्वाचन अभियानमा सामेल हुन थालेका छन् ।

क्षेत्र नम्बर ४ को प्रदेश १ अन्तर्गत शनिवार चाबहिलबाट शुरु भएको निर्वाचन घरदैलो कार्यक्रममा रोचक दृश्यहरु देखियो । प्रतिनिधि सभा सदस्य उम्मेद्वार डा. भट्टराई प्रदेश सभा १ का उम्मेदवार निर्मल कुइँकेलका साथ चाहबिल, गौरीघाट, मैजुबहल, कुमारीगालको घरदैलोमा कार्यकर्ता सहित निस्केका थिए । त्यसक्रममा प्राय चोक र घर घरबाट स्थानीय जनताले स्वागत मात्रै गरेनन् उक्त घरदैलो यात्रामा सहभागी समेत भए । डा. भट्टराईको स्थायी बसोबास चाबहिल रहेको, बाल्यकाल मैजुबहाल र चाबहिलमा बिताएको, शिक्षाको शुरुवात चाबहिलस्थित पशुपति मित्र मा.बी.बाट गरेको र राजनीतिक यात्राको थलो समेत चाबहिल नै भएकाले पनि यहाँका स्थानीय मतदाता उनीप्रति बढी आकर्षित देखिएका छन् ।

परराष्ट्र मामिला बिज्ञ भट्टराईको प्रखर बक्तित्वकला, जनमानसमा सहजै घुलमिल हुनसक्ने व्यवहार, विपक्षीलाई गालि नगरिकन आफ्ना सबल पक्षलाई उजागर गरि जनमत आकर्षित गर्ने शैली र बिकास केन्द्रित अभिव्यक्तिले पनि मतदाताको ध्यान उनीप्रति खिचेको छ । घरदैलोमा निस्केका भट्टराईलाई मतदाताहरु टिका, खादा, फुल दिएर मात्रै चित्त बुझाउदैनन् , साथमा बिजयको सगुन स्वरूप दहि समेत पिलाउछन् । दिनभरिको घरदैलो, दैनिक दर्जनौं आन्तरिक भेला र कार्यक्रम, ठाउँ ठाउँमा सम्बोधनका कारण अबरुद्ध बनेको गलालाई बेवास्ता गर्दै उनि मतदाताको सगुनलाई नाइँ नास्ती पनि गर्दैनन् ।

घरदैलोका क्रममा गठबन्धनका कार्यकर्ता र समर्थक जनवादी गीत बजाउदै नाच्दै हिड्छन् अनि आक्कलझुक्कल छमछमी नाचिदिन्छन् भट्टराई पनि उनका लागि दिनरात खटेर हिड्ने समर्थकसंगै । शनिवारको घरदैलो अभियानमा बाम गठबन्धन कार्यकर्ता बाहेक स्थानीय मतदाताहरुको निकै बाक्लो उपस्थितिका कारण केहीबेर ब्यबस्थापन मिलाउन हम्मे हम्मे परेको स्पष्ट देखिन्थ्यो । यस क्षेत्रका कांग्रेस सांसद गगन थापा प्रति इंगित गर्दै आम मतदाताहरु चोक चोकमा जम्मा भएर भन्ने गरेका छन्, गफ गर्नेलाई भोट दिएर केहि भएन अब काम गर्नेलाई नै भोट दिनुपर्ला । यसरी काठमाडौंको क्षेत्र नम्बर ४ मा एमाले नेता राजन भट्टराईको सम्भावना बलियो बन्दै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...