काठमाडौं क्षेत्र नम्वर ४ मा राजन भट्टराईको पक्षमा उर्लियो जनलहर



काठमाडौं क्षेत्र नम्वर ४ का बाम गठबन्धनका उम्मेदवार डा. राजन भट्टराईको पक्षमा स्वतस्फुर्त रुपमा स्थानीय जनता निर्वाचन अभियानमा सामेल हुन थालेका छन् ।

क्षेत्र नम्बर ४ को प्रदेश १ अन्तर्गत शनिवार चाबहिलबाट शुरु भएको निर्वाचन घरदैलो कार्यक्रममा रोचक दृश्यहरु देखियो । प्रतिनिधि सभा सदस्य उम्मेद्वार डा. भट्टराई प्रदेश सभा १ का उम्मेदवार निर्मल कुइँकेलका साथ चाहबिल, गौरीघाट, मैजुबहल, कुमारीगालको घरदैलोमा कार्यकर्ता सहित निस्केका थिए । त्यसक्रममा प्राय चोक र घर घरबाट स्थानीय जनताले स्वागत मात्रै गरेनन् उक्त घरदैलो यात्रामा सहभागी समेत भए । डा. भट्टराईको स्थायी बसोबास चाबहिल रहेको, बाल्यकाल मैजुबहाल र चाबहिलमा बिताएको, शिक्षाको शुरुवात चाबहिलस्थित पशुपति मित्र मा.बी.बाट गरेको र राजनीतिक यात्राको थलो समेत चाबहिल नै भएकाले पनि यहाँका स्थानीय मतदाता उनीप्रति बढी आकर्षित देखिएका छन् ।

परराष्ट्र मामिला बिज्ञ भट्टराईको प्रखर बक्तित्वकला, जनमानसमा सहजै घुलमिल हुनसक्ने व्यवहार, विपक्षीलाई गालि नगरिकन आफ्ना सबल पक्षलाई उजागर गरि जनमत आकर्षित गर्ने शैली र बिकास केन्द्रित अभिव्यक्तिले पनि मतदाताको ध्यान उनीप्रति खिचेको छ । घरदैलोमा निस्केका भट्टराईलाई मतदाताहरु टिका, खादा, फुल दिएर मात्रै चित्त बुझाउदैनन् , साथमा बिजयको सगुन स्वरूप दहि समेत पिलाउछन् । दिनभरिको घरदैलो, दैनिक दर्जनौं आन्तरिक भेला र कार्यक्रम, ठाउँ ठाउँमा सम्बोधनका कारण अबरुद्ध बनेको गलालाई बेवास्ता गर्दै उनि मतदाताको सगुनलाई नाइँ नास्ती पनि गर्दैनन् ।

घरदैलोका क्रममा गठबन्धनका कार्यकर्ता र समर्थक जनवादी गीत बजाउदै नाच्दै हिड्छन् अनि आक्कलझुक्कल छमछमी नाचिदिन्छन् भट्टराई पनि उनका लागि दिनरात खटेर हिड्ने समर्थकसंगै । शनिवारको घरदैलो अभियानमा बाम गठबन्धन कार्यकर्ता बाहेक स्थानीय मतदाताहरुको निकै बाक्लो उपस्थितिका कारण केहीबेर ब्यबस्थापन मिलाउन हम्मे हम्मे परेको स्पष्ट देखिन्थ्यो । यस क्षेत्रका कांग्रेस सांसद गगन थापा प्रति इंगित गर्दै आम मतदाताहरु चोक चोकमा जम्मा भएर भन्ने गरेका छन्, गफ गर्नेलाई भोट दिएर केहि भएन अब काम गर्नेलाई नै भोट दिनुपर्ला । यसरी काठमाडौंको क्षेत्र नम्बर ४ मा एमाले नेता राजन भट्टराईको सम्भावना बलियो बन्दै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका