अस्पताल पुर्‍याएको ९ मिनेटमै डाक्टरले प्रकाश जीवित नरहेको घोषणा गरेका थिए,यसरी मृत्यु भयो प्रकाशको



हाम्रो इकोनोमि

प्रकाश दाहाललाई अस्पताल पुर्‍याइएको ९ मिनेटमै डाक्टरले मृत्यु भएको अनौपचारिक रुपमा बताइसकेका थिए। एक चिकित्सकका अनुसार उनलाई बिहान ५ बजेर ५० मिनेटमा अस्पताल पुर्‍याइएको थियो।
इमर्जेन्सीमा पुर्‍याउने बित्तिकै प्रकाशको इसिजी गरिएको थियो। इसिजि ‘फ्र्याट’ आएपछि उनलाई जोगाउन नसकिने घोषणा डाक्टरले गरेका थिए। अस्पतालका एक चिकित्सकले भने, ‘इमर्जेन्सीभित्र लिइएको ९ मिनेटमै उनको अवस्था जोगाउन नसकिने खालको रहेको जानकारी गराएका थियौं।
प्रकाशलाई लिएर आएकाहरुलाई चिकित्सकहरुले त्यसबारे जानकारी गराएका थिए।

दुईजना सेक्युरिटी गार्ड र दुई जना आफन्तले उनलाई अस्पताल पुर्‍याएका थिए। उनीहरुले अत्यन्तै गम्भीर अवस्था रहेको बताउँदै बिरामी पुष्पकमल दाहाल प्रचण्डका पुत्र रहेको जानकारी गराएका थिए। बिरामी आउने बित्तिकै इमर्जेन्सीमा रहेका डाक्टर उपचारमा लागिपरेका थिए।

सोही अनुसार अस्पताल प्रशासन र अन्य विशेषज्ञ डाक्टरलाई तुरुन्तै खबर पुर्‍याइएको थियो। विशेषज्ञ डाक्टर तुरुन्तै अस्पताल पुगे पनि उपचार प्रक्रिया थाल्नै नपाई उनको मृत्यु भइसकेको जानकारी अस्पतालमा रहेका डाक्टरले दिएका थिए।

प्रकाशलाई लिएर त्यहाँ पुगेकाहरुले माओवादी केन्द्रको उच्च नेतृत्व र परिवारलाई चिकित्सकले दिएको जानकारी अनुसार सूचना प्रवाह गरेका थिए।

प्रकाशको निधनबारे बिहानै सूचना आए पनि अस्पतालले भने प्रचण्ड नर्भिक अस्पताल पुगेपछि मात्र आकस्मिक हृदयघातबाट निधन भएको औपचारिक घोषणा गरेको हो। पत्रकार सम्मेलनमा चिकित्सकले प्रकाशलाई अस्पताल ल्याउँदाको अवस्था हेर्दा करिब ३ घन्टा अगाडि नै मृत्यु भएको हुन सक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...