एक मात्र छोरो गुमाए पछी प्रचण्ड यसरी रुँदै पुगे नर्भिक अस्पताल



हाम्रो इकोनोमि

चुनाव प्रचारका क्रममा झापा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन्। एक मात्र छोरा प्रकाशको आज बिहान निधन भएपछि उनी झापाबाट हेलिकोप्टरमा तत्काल काठमाडौं आइपुगेका हुन्। प्रचण्ड रुँदै छोरा प्रकाशको शव राखिएको नर्भिक अस्पताल आइपुगेका हुन्। प्रचण्डसँगै प्रकाशकी दिदी रेणू पनि अस्पताल पुगेकी छिन्।

नर्भिक अस्पतालमा आफन्त र शुभेच्छुकको घुइँचो लागेको छ। अस्पताल पुगेका आफन्तजन भावविह्वल छन्।

प्रकाशको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ। आजै बिहान घरमा अचेत अवस्थामा भेटिएका दाहाललाई तत्काल नर्भिक अस्पताल लगिएको थियो।

पुत्र प्रकाशको निधन भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता बेहोस भएकी छिन्।

आफ्नै निवास लाजिम्पाटमा बेहोस भएपछि चिकित्सकहरुको टोली अहिले उनको घरमा पुगेको छ।

अस्पतालमा पुर्यानउँदा उनलाई हृदयघात भएपछि गरिने क्याथल्याब प्रोसेसमै लैजान नपाएको अस्पतालका एक चिकित्सकले जानकारी दिए। चिकित्सकका अनुसार प्रकाशको शव अहिले आकस्मिक कक्षमै राखिएको छ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...