ओली भन्दा प्रचण्ड बढी तनाबमा,प्रचण्डको ब्लडप्रेसर ‘हाई’,कस्को प्रेसर कति?



हाम्रो इकोनोमि

वामगठबन्धनका दुई शीर्ष नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्ये को चाहिँ धेरै चुनावी धपेडीमा होलान्?
एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा मत माग्न झापा पुगेका प्रचण्ड र ओली दुवैको रक्तचाप परीक्षण रिपोर्टले ओली भन्दा प्रचण्ड धेरै धपेडीमा रहेको देखाएको छ।

यतिबेला ओली र प्रचण्ड झापा–५ स्थित दमकको चुनावी सभामा छन्। यो ओलीको आफ्नै निर्वाचन क्षेत्र हो।

सभामा जानुभन्दा पहिले ओली र प्रचण्ड दुवैले बिर्तामोडमा स्वास्थ्य परीक्षण गरेका थिए।

त्यहाँ बिर्तामोडको बि एण्ड सी टिचिङ हस्पिटलद्धारा आयोजित पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य महोत्सव सुरु हुँदै थियो। त्यसको उद्घाटन ओली र प्रचण्डले गरे।

स्वास्थ्य महोत्सवको उद्घाटनमा पुगेका ओली र प्रचण्डको पनि रक्तचाप परीक्षण गरिएको थियो।

परीक्षणमा देखियो, ओलीको भन्दा प्रचण्डको रक्तचाप उच्च रहेछ। ओलीको रक्तचाप १४०।८० देखियो भने प्रचण्डको १४६।८०।

ओलीका निजी सचिव अनिश दाहालले भने, ‘डाक्टरहरुले के भने भने, कमरेड ओलीको ब्लड प्रेसर नर्मल छ, तर प्रचण्ड कमरेडको अलिकति बढि रहेछ।’

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...