ओली भन्दा प्रचण्ड बढी तनाबमा,प्रचण्डको ब्लडप्रेसर ‘हाई’,कस्को प्रेसर कति?



हाम्रो इकोनोमि

वामगठबन्धनका दुई शीर्ष नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्ये को चाहिँ धेरै चुनावी धपेडीमा होलान्?
एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा मत माग्न झापा पुगेका प्रचण्ड र ओली दुवैको रक्तचाप परीक्षण रिपोर्टले ओली भन्दा प्रचण्ड धेरै धपेडीमा रहेको देखाएको छ।

यतिबेला ओली र प्रचण्ड झापा–५ स्थित दमकको चुनावी सभामा छन्। यो ओलीको आफ्नै निर्वाचन क्षेत्र हो।

सभामा जानुभन्दा पहिले ओली र प्रचण्ड दुवैले बिर्तामोडमा स्वास्थ्य परीक्षण गरेका थिए।

त्यहाँ बिर्तामोडको बि एण्ड सी टिचिङ हस्पिटलद्धारा आयोजित पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य महोत्सव सुरु हुँदै थियो। त्यसको उद्घाटन ओली र प्रचण्डले गरे।

स्वास्थ्य महोत्सवको उद्घाटनमा पुगेका ओली र प्रचण्डको पनि रक्तचाप परीक्षण गरिएको थियो।

परीक्षणमा देखियो, ओलीको भन्दा प्रचण्डको रक्तचाप उच्च रहेछ। ओलीको रक्तचाप १४०।८० देखियो भने प्रचण्डको १४६।८०।

ओलीका निजी सचिव अनिश दाहालले भने, ‘डाक्टरहरुले के भने भने, कमरेड ओलीको ब्लड प्रेसर नर्मल छ, तर प्रचण्ड कमरेडको अलिकति बढि रहेछ।’

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...