यसरी जित्दैछन ललितपुर–१ मा नवराज सिलवाल, उनी जहाँ पुग्छन् फुलमाला र अविरले रंगिन्छन



हाम्रो इकोनोमि

 

गोदावरी क्षेत्रमा रहेका स्थानीय पहरी जातिको जात्रामा प्रयोग हुने बाजागाजासहित स्थानीय उम्मेदवारहरुसँग हिड्दा खुसी मानिरहेका देखिन्छन् । स्थानीयवासी रामकृष्ण पहरी, तिर्थ बहादुर पहरीको टिम गठबन्धनका तर्फबाट ललितपुरका उम्मेदवारहरु नवराज सिलवाल र लालकुमारी पुन शुसिला सँगै ढ्यांग्रे बाजा बजाउदै घरदैलोमा पुग्दा हरेक सडकबाटो वरपर रहेका सबै घरबाट आत्मिय स्वागत पाइरहेका छन् ।

ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका उम्मेदवार नवराज सिल्वाल जहाँ पुग्छन्, त्यहाँ फुल र अविरले रंगिन्छन् । नवराज सिल्वाल भन्छन् “म आफु यसै क्षेत्रको स्थानिय भएको तथा बाम गठबन्धनप्रति आशा रहेको छ । ललितपुर १ मा म, शुसिला र चेतनाथ जी लाई मत जाहेर गर्न यहाँका जनता ब्यग्र प्रतिक्षा रहेका छन् । हामी हामीलाई माया गर्ने जनतालाई सधै शिरमा राख्छौं उनीहरुलाई समस्या हुन दिदैनौं” गोदावरी क्षेत्र पुग्दा हजारौ स्थानिय बासी र सुभचिन्तक नवराज सिल्वाल शुसिला जिताऔं नाराका साथ परिक्रममा ब्यस्त देखिएका थिए ।

ललितपुर १ क प्रदेश सभाकी उम्मेदवार शुसिला भन्छिन् “यस्तो आत्मियता, हार्दिकता र शुभेच्छा हामी हौसिएका छौं । हाम्रो जित र सुन्दर भविष्यका लागि जनताहरु उत्साहित छन् ।” ललितपुर १ ख प्रदेश सभाका उम्मेदवार चेतनाथ सञ्जेल नवराज सिल्वालसँगै घर दैलोमा पुग्छन् । उनी पुग्दा घरबेटीहरुहरु जितको आशिर्वाद पाउँछन् । उम्मेदवार चेतनाथ सञ्जेल भन्छन्, “हामीलाई बृद्धबृद्धाको आशिर्वाद छ, युवाको विश्वास छ । हामी चुनावका लागि मात्र होइन, जनताका लागि लडेका हौं । त्यसैले हाम्रो जित हुनेमा हामी ढुक्क छौं” ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...