उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र कार्यकर्ताको निगरानी बाहिर मतपेटिका नराख्न एमालेको चेतावनी



हाम्रो इकोनोमि

नेकपा एमालेले आफ्ना उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र कार्यकर्ताको आँखाबाट ओझेल पर्ने गरी मतपेटिका राख्न नसकिने बटमलाईन सुनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको उम्मेदवार, उनका प्रतिनिधि र कार्यकर्ताको घेरा भन्दा बाहिर मतपेटिका राख्न नदिने बटमलाइन सुनाउनु भएको हो ।

निर्वाचन आयोगसँग प्रयाप्त सुरक्षा ब्यवस्था मिलाएर मतपेटिकाको सुरक्षा गर्ने सहमति भइसकेको छ । पछिल्लो समय सरकारले सुरक्षा निकायको जिम्मा लगाएर बैधानिक धाँधली गर्ने योजना बनाइरहेको सूचना पाएपछि एमालेले उम्मेदवार र उस्का प्रतिनिधिको निगरानी भन्दा बाहिर मतपेटिका राख्न नसकिने प्रष्ट पारेको हो ।

सुरक्षित र निगरानीभित्र राखिनुपर्छ भन्ने हाम्रो अपरीवर्तनीय मान्यता छ, हाम्रो उम्मेदवार, हाम्रो उम्मेदवारको प्रतिनिधिको आँखा ओझेल पर्ने गरी या उस्को सहमति बेगर कसैले उठाउने, कतै राख्छु भन्ने कुरा गर्न मिल्दैन,’ ‘हाम्रो उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र कार्यकर्ताको निगरानी र पहुँच भन्दा बाहिर मतपेटिका जान सक्दैन, उनीहरुको आँखाबाट बाहिर जान सक्दैन, मतपेटिकामा हात लगाउन कसैले पाउँदैन, मतपेटिका सिलवन्दी भएपछि निगरानीभित्र रहनुपर्छ, आँखाबाट ओझेल पारेर राख्न सकिदैन,’ ओलीले दोहोर्याएर भन्नुभयो, ‘बाकसको सुरक्षा हाम्रो कार्यकर्ताको आँखा अगाडि हुनुपर्छ, बलजफ्ती जस्ता कुरा हामी स्वकार गर्दैनौं, यो हाम्रो अपरिवर्तनीय अडान हो, यो भन्दा अरु कुरा स्वीकार गर्दैनौं 

‘मतदान सकिएप्छि मत रहेको बाकसको सुरक्षा हाम्रो कार्यकर्ताको आँखा अगाडि हुनुपर्छ, हाम्रो कार्यकर्ताको आँखा अगाडि हुनुपर्छ, बलजफ्ती जस्ता कुराहरुलाई हामी स्वीकार गर्दैनौं, त्यो कुरा अहिलेदेखि हामी स्पष्ट गर्न चाहन्छौं,’ टेलिभिनज र अनलाइनका सम्पादक तथा सञ्चालकहरुसँगको छलफलमा एमाले अध्यक्ष ओलीले भन्नुभयो । उहाँले मतपेटिकाको सुरक्षा उम्मेदवार र कार्यकर्ताले नै गर्ने प्रष्ट अडान पनि सुनाउनु भयो ।

‘सुरक्षित र निगरानीभित्र राखिनुपर्छ भन्ने हाम्रो अपरीवर्तनीय मान्यता छ, हाम्रो उम्मेदवार, हाम्रो उम्मेदवारको प्रतिनिधिको आँखा ओझेल पर्ने गरी या उस्को सहमति बेगर कसैले उठाउने, कतै राख्छु भन्ने कुरा गर्न मिल्दैन,’ ओलीको भनाई छ । उहाँले मतपेटिकाको सुरक्षालाई आफूहरुले बिशेष ध्यान दिएको पनि बताउनु भयो । ‘हाम्रो उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र कार्यकर्ताको निगरानी र पहुँच भन्दा बाहिर मतपेटिका जान सक्दैन, उनीहरुको आँखाबाट बाहिर जान सक्दैन, मतपेटिकामा हात लगाउन कसैले पाउँदैन, मतपेटिका सिलवन्दी भएपछि निगरानीभित्र रहनुपर्छ, आँखाबाट ओझेल पारेर राख्न सकिदैन,’ ओलीले दोहोर्याएर भन्नुभयो, ‘बाकसको सुरक्षा हाम्रो कार्यकर्ताको आँखा अगाडि हुनुपर्छ, बलजफ्ती जस्ता कुरा हामी स्वकार गर्दैनौं, यो हाम्रो अपरिवर्तनीय अडान हो, यो भन्दा अरु कुरा स्वीकार गर्दैनौं ।’

उहाँले सुरक्षा निकायप्रति बिश्वास भएपनि मतपेटिकाको सुरक्षा उम्मेदवार, उस्का प्रतिनिधि र पार्टी कार्यकर्ताले नै गर्ने प्रष्ट निर्णय सुनाउनु भयो । सरकारले मतपेटिकालाई लक्षित गरी केही समय अघि मात्रै ५ सय भन्दा बढी प्रहरी निरीक्षक (इन्सपेक्टर) सरुवा गरेको थियो । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकता अघि बढनुका साथै अन्य बामपन्थी दलसमेत गठबन्धनमा सामेल भएपछि निर्वाचन हारिन्छ भन्ने निश्कर्षमा पुगी मतपेटिका हेरफेर गरेर चुनाव जित्ने सरकारको योजना रहेको सूचना सुरक्षा निकायबाटै आएको छ । सोही सूचनाका आधारमा एमाले अध्यक्ष ओलीले बाकसको सुरक्षा उम्मेदवार र कार्यकर्ताले नै गर्ने बटमलाइन सुनाउनु भएको हो ।

एमाले ओलीले सरकारको पछिल्लो काम देश र स्थापित अन्तराष्ट्रिय मान्यताबिपरित रहेको भन्दै लगाम लगाउन प्रधानमन्त्रीलाई सचेत गराउनु भयो । ‘चुनाव गराउने दिन तोकेको सरकारले मुलुकको कानून, स्थापित अन्तराष्ट्रिय मान्यता बिपरित गएर जथाभावी गरिरहेको छ, यो कुनै हालतमा स्वीकार्य छैन,’ ओलीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
मिडिया हाउसको गेटमा बेवारिसे गाडी आतंक, कारबाही गर्न माग

    काठमाडौंका विभिन्न मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी आतंक...

सस्तो लोकप्रियतावादबाट देश बदलिदैँन : महासचिव पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद...

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...