यस्तो छ ईश्वर पोखरेलको घरदैलो, कलाकारको पोखरेललाई नै जिताउने अठोठ



हाम्रो इकोनोमि

 टेलिभिजन र चलचित्रका पर्दामा मात्र हेरेका कलाकारलाई आफ्नै घरआँगनमा देखेपछि काठमाडौंका टोखावासीमा खुसीको कुनै सीमा रहेन । सवै मक्ख परे । सँधैजसो टेलिभिजनमा देखिने तिनै कलाकार त्यो पनि भोट माग्दै आफ्नो घर–दैलोमा आइपुगेपछि टोखावासीलाई केहीबेर त पत्याउन पनि मुस्किल प¥यो । केही समय त कुनै सिनेमाको सुटिङ गर्न पो आएका हुन् की भनी अलमलमा परे ।

तर, कलाकारहरु कुनै सिनेमाको सुटिङ गर्न नभइ एमाले महासचिव एवं काठमाडौँ क्षेत्र नम्बर–५ का उम्मेदवार ईश्वर पोख्रेलको पक्षमा भोट माग्न सांस्कृतिक नगरी टोखा पुगेका थिए । त्यो कुरा स्थानीयले जब बुझे उनीहरु थप उत्साहित मात्र भएनन् देशका चर्चित कलाकारहरु दिनेश डिसी, कोमल वली, निखिल उप्रेती लगायतसँग रहर पुगुन्जेल तस्बिर पनि खिचाए ।
सुरुमा महासचिव पाखरेल कार्यकर्तासहित टोखावासीको घरदैलोमा विहीबार बिहानै पुग्दा टोखावासी हस्याङ्फस्याङ् गर्दै स्वागतमा निस्किएका थिए ।

केहीबेरपछि पोखरेलकै निर्वाचन क्षेत्रका कलाकार दिनेश डिसी पनि टुप्लुक्क देखा परे । केही बेरमा चर्चित लोकगायिका कोमल वली पुगिन् लगत्तै अभिनेता निखिल उप्रेती पनि त्यहाँ थपिएपछि टोखाको माहौलको रौनक नै अर्कै बन्यो । त्यसपछि कलाकारहरु पोखरेलको पक्षमा भोट माग्दै हिँडेपछि त्यहाँको माहोल थप रोचक बन्यो । अघिअघि महासचिव पोख्रेल अनि पछिपछि कलाकार र कार्यकर्ताको हुल करिब तीन घण्टा घरदैलो कार्यक्रममा हिडेपछि केही बेर भाषणको कार्यक्रम पनि भयो ।

सुरुमा मन्तव्य राख्नुभएका महासचिव पोख्रेलले कलाकारलाई छेउमै राखेर स्थायी सरकारका लागि वाम गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो । उहाँले देशको समृद्धिका लागि वाम गठबन्धनको सरकार नै आवश्यक भएको पनि बताउनुभयो । देश नै वाममय भएको भन्दै उहाँले राष्ट्रका गहना भनिने कलाकारहरुको समेत साथ पाउनु गौरवको विषय भएको बताउनुभयो । पोखरेलपछि मन्तव्य राख्नु भएका कलाकार उप्रेतीले पोखरेल जस्तो उम्मेदवार पाउनु टोखावासीको गौरव भएको दाबी गर्नुभयो । उहाँले दलहरु धरै भएको भन्दै देशको समृद्धिका लागि थोरै पार्टी चाहिएको बताउनुभयो ।

लोक गायिका कोमल वलीले पनि देशको स्वाभिमानलाई आफ्नो दिलमा सजाएर राख्ने सु–संस्कृत र राष्ट्रिय पहुँच भएका पोखरेललाई विजयी बनाउन टोखावासीसँग आग्रह गर्नुभयो । कलाकार डिसीले पनि पोख्रेलको पक्षमा भोट माग्नुभयो । त्यहाँ तीन दर्जन बढीले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरे ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...