अख्तियारका प्रमुखका छोराले पाण्डे संग लाखौ लिएको पोल खुल्यो,यी ९ भाइ भ्रस्ट संग दीप बस्नेतले यसरी गर्दैछन् मोलमोलाई



हाम्रो इकोनोमि

काकताली परेर अख्तियारको प्रमुख बन्ने सौभाग्य पाएका दीप बस्नेतले त्यहाँ प्रमुखको भूमिकामा रहेर काम गर्ने भनेकै अब पाँच महिना मात्र हो त्यस पछी उनी सिधै घर जान्छन। घर जानु पर्ने दिन नजिकिदै जादा बस्नेतले मनग्ये दाम भेला गर्ने काम मात्र गर्न थालेका छन। ठूला हाकिमलाई अकुत सम्पत्ति छ भनेर अनुसन्धान सुरु गर्ने र सुराकी पठाएर भित्रभित्रै मोलमोलाई गरेर कुम्ल्याउने गजबकै तरिका अपनाएका छन् अख्तियार प्रमुख दीप बस्नेतले ।

अनुसन्धान सुरु भएका ९ उच्चाधिकारीहरुमा नेपाल विद्युत प्राधिकरणका मनोज सिलवाल, चिलिमेका प्रमुख दामोदरभक्त श्रेष्ठ, कृषि सामग्री कम्पनीका अचुत पौडेल, सडक विभागका सीडीई दण्डपाणी पौडेल र ज्ञानेन्द्र झा, एयरपोर्टका महार्निेशक देवानन्द उपाध्याय र राजस्व अनुसन्धान विभागका झविन्द्र पोख्रेल, शिवचन्द्र पन्त, रमेश भट्टराई रहेका छन् । यीमध्ये ४ जनासँग अनुसन्धानमा मिलाइदिने भनेर मोटो रकम डिमान्ड गरिएको स्रोतले बतायो ।

कस–कसले कति–कति दिएर मुद्दा फितलो पार्ने र अनुसन्धानमै आफुलाई चोख्याउने हुन्, यसबारेमा कर्मचारी प्रशासनमा निकै खुल्दुली चलिरहेको छ । बस्नेतले आफ्ना एक मात्र छोरालाई समेत भ्रस्टको बिषयमा जानकारी ल्याउन खटाएका छन्। हिजो समातिएका बैदेशिक रोजगार बिभागका महानिर्देशक विश्वराज पाण्डेसंग पनि बस्नेतका छोराले लाखौ असुलेको श्रोतको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...