मतदाताको बिश्वास जित्दै घर घरमा निर्मल



हाम्रो इकोनोमि

 

 

काठमाडौं क्षेत्र नम्वर ४ प्रदेस १ का बाम गठबन्धन उम्मेदवार निर्मल कुईंकेल मतदाताको बिस्वसिलो नेताको रुपमा स्थापित हुदैछन ।
एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष रहिसकेका सरल र नम्र स्वभावका नेता कुइँकेल घरादैलोकै क्रममा पनि जनतासंग ढुक्क भएर आफ्ना कुरा राख्छन । जनताका जस्तासुकै प्रस्न र आवेगको पनि सहजै जवाफ फर्काउने कुइँकेलको स्वभावले यस क्षेत्रको जनताको विश्वास उनीप्रति बढ्दै गइरहेको छ ।

मंगलवार उनि काठमाडौंको वडा नम्वर ७ र १ का केहि स्थानमा घरदैलोमा निस्किए । घरबाट निस्किए देखि नै उनलाई बिजयको शुभकामना दिने स्थानीयहरु भेटीए । यस क्रममा उनि जहाँ जहाँ पुगे मतदाताको राम्रै स्वागत पाए । उनले भेटेका मध्ये धेरै मतदाताले अघिल्लो पटकको मतको दुरुपयोग भएको, सांसद निर्वाचित भएपछी जनप्रतिनिधिले स्थानीय स्तरको बिकास र जनताको समस्याबारे एक पटक पनि नजिकबाट बुझ्ने कोसिस नै नगरेको, आफु बिजयी भएर गएको स्थानमा फर्केर जनतासंग साक्षात्कार नगरेको, आफैंले जिताएर पठाएको नेतालाई आफुले चाहदा भेट्नै नसक्ने – भेट्नै नपाउने अवस्था देखिएकोमा निरासा पोखे ।

“अब तपाईं जितेर गएपछि चाहिं त्यस्तो नहोस है, तपाईं माथि हाम्रो भरोसा छ । पहिले जे भयो भयो अब हाम्रो प्रदेस क्षेत्रको नेता तपाईं नै हो, ढुक्क हुनुस् ” – कुमारीगालका एक मतदाताले कुइँकेललाई हौस्याउदै भने । कमलपोखरी चोक नजिकै भेटिएका एक बृद्ध नागरिकले उनको हात समाउदै भने “तपाईं यहाँको ऐतिहासिक, पुरात्वातिक महत्वका देवालय, मन्दिर, संस्थाहरुको जगेर्ना र विकासमा सहयोगी बन्नुस् है बाबु” ।
“मलाई यो घरदैलोमा जनताका अमुल्य सुझाव प्राप्त भएको छ, जितेर गएकाले कसरी जनताका विश्वास तोडे र भ्रममा राखे त्यो जनताकै मुखबाट सुनेको छु, नेता चुनेर पठाएपछी जनताको अपेक्षा के रहन्छ भन्ने कुरा मतदाताको मनैबाट बुझ्न पाउदा खुसि लागेको छ र मलाई मतदाताले जिताएर पठाएपछि म उहाहरुको विश्वास तोड्दिन, जनताकै सेवामा लागिरहन्छु” आफुलाई जनताले बिजयी गराउने विश्वासका साथ कुइँकेलले भने ।

कुइँकेल क्षेत्र नम्वर ४ प्रदेस १ का बामपन्थी गठबन्धनका साझा उम्मेदवार हुन् । यस अघि ४ नम्वर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता गगन थापाले फराकिलो मत अन्तरले जित हासिल गरेका थिए । तर यस पटक बामपन्थीहरुको संयुक्त गठबन्धन र मतदाताहरुको यस क्षेत्रको विकास निर्माण, सुधार कार्य र जनताको समस्या सम्बोधनमा थापाले चासो नदेखाएको भन्ने आम गुनासो र निरासाका कारण तुलनात्मक रुपमा नेपाली कांग्रेसका उम्मेदवारको मत कमजोर रहेको सबैतिर चर्चा चलिरहेको छ
उत्तम अधिकारी

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...