गौचनको हत्याका लागी एक महिनादेखि पिछा गरेका सुटरले चोरीको मोटरसाइकल प्रयोग गरेको खुलासा,यसरी सुट गरे गौचनलाई सुटरले



निर्माण व्यवसायी शरद कुमार गौचनको हत्याका लागि सुटरहरुले एक महिनादेखि नियमित रुपमा पछ्याएको प्रहरी अनुसन्धानमा देखिएको छ।

यसका लागि होन्डा कम्पनीको साइन मोटरसाइकल भारतवाट चोरी गरेर नेपाल भित्र्याइएको थियो। त्यसमा नेपाली नम्बर प्लेट राखेर सुटरहरुले प्रयोग गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रहरीले बरामद गरेको बा ३५ प २४६१ नम्बरको मोटरसाइकल नै गौचनको हत्यामा प्रयोग गरिएको प्रहरीले पुष्टि गरेको छ।
शिवजी महतोले भारतको बेतियाबाट १८ हजारमा साइन बाइक खरिद गरी २४ हजारमा श्याम गुम्बे गुरूङलाई बिक्री गरेका थिए। महतोले नै बेतियाबाट ५५ हजारमा हतियार खरिद गरी गुरुङलाई ६५ हजारमा बेचेको समेत प्रहरी अनुसन्धानबाट देखिएको छ।

सोही मोटरसाइकल र हतियार प्रयोग गर्दै गौचनको हत्या भएको प्रहरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार मुख्य अभियुक्त समिरमान सिंह बस्नेत, मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिङ्देन (लिम्बु), श्याम बहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा भने फरार रहेका छन्।

पत्रकार सम्मेलनमा आज मुख्य सुटर नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ र नागार्जुनका प्रकाश बुढाथोकीलाई भने प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीले यसअघि हत्यामा प्रयोग गरिएको आशंकामा दुई वटा मोटरसाइकल बरामद गरेको थियो। जसमध्ये एउटा चोरीको मोटरसाइकल भएको प्रहरीको अनुसन्धान समितिले पत्ता लगाएको थियो।
घटनाको छानबिनका लागि डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको नेपाल लाइभले उल्लेख गरेको छ।

गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग