निर्माण व्यवसायी गौचनको हत्यामा संलग्न सुटर राजीव लामासहित ५ जना यसरी समात्यो प्रहरीले,३ बजे पत्रकार सम्मेलन गरी सार्बजनिक गरिने



हाम्रो इकोनोमि

निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित पाँच जना पक्राउ परेका छन्।
महानगरीय प्रहरीले आजै पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने भएको छ। सुटर राजीव लामा रहेको स्रोतले पुष्टि गरेको छ। लामाले गुन्डा समिरमानसिंह बस्नेतको निर्देशनमा व्यवसायी गौचनमाथि गोली हानेको प्रहरी अनुसन्धानमा देखिएको छ।
गोली हान्न निर्देशन दिने बस्नेत भने फरार रहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले भने, ‘हत्यामा संलग्न सुटरसहित पाँच जना पक्राउ परेका छन्। आज ३ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै छौं।’
गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए।

प्रहरीले यसअघि हत्यामा प्रयोग गरिएको आशंकामा दुई वटा मोटरसाइकल बरामद गरेको थियो। जसमध्ये एउटा चोरीको मोटरसाइकल भएको प्रहरीको अनुसन्धान समितिले पत्ता लगाएको थियो।
घटनाको छानबिनका लागि डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले गुन्डा समिरमानसिंह लगायतलाई शंकाको घेरामा राखेर अनुसन्धान गरेको थियो।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...