अबैध असुली गर्ने तीन प्रहरी यसरी परे कारबाहीमा



हाम्रो इकोनोमि

जिल्ला प्रहरी कार्यालय चितवनले आफ्ना तिन प्रहरीलाई कार्बाही गरेको छ । नेपाल प्रहरीको आन्तरीक सुदृढीकरण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई कार्बाही गरेको हो । ई.प्र.का.रामनगरमा कार्यरत प्रहरी हवल्दार टेम प्रसाद तिमल्सिमा, प्रहरी जवानहरु अजय यादव र दिपक बैठा लाई जिम्मेवारीबाट मुक्त गरी प्रहरी नियमावली २०७१ अनुसार आवश्यक कानूनी कारवाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं चितवन प्रहरी प्रवक्ता प्रभु प्रसाद ढकालले जानकारी दिएका छन् ।

उनीहरुले ना ७ ख ५२८ नं.को ट्यांकर चालक अर्जुन पौडेल संग गैर कानूनी रुपमा रु.५,००० रकम लिएको कुरा खुलेसँगै उनीहरुलाई कार्बाही गरिएको चितवन प्रहरीले प्रेस रिलिज मार्फत समेत जानकारी दिएको छ । ट्रक चालकले मादक पदार्थ सेवन गरी ट्याङकर चलाएको भन्ने आरोपमा ई.प्र.का.रामनगरमा पक्रिएका ना ७ ख ५२८ नं.को ट्यांकर चालक अर्जुन पौडेल लाई मादक पदार्थ सेवन गरी सवारी चलाएको कसुरमा कारवाही चलाउनुको सट्टा उल्लेखित प्रहरीहरुले गैर कानूनी रुपमा रकम लिई छाडेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेपछि निज प्रहरीहरुलाई आवश्यक कानूनी कारवाही अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ । स्मरण रहोस जुगेडी, रामनगर र गोन्द्राङ्ग लगाएत राजमार्गमा रहेका प्रहरी चेकिङ्ग पोष्टहरुमा कार्यरत प्रहरीहरुले अबैध असुली गरिहेको विगायमा यस अघि नै भण्डाफोर अभियान ले यस अघि पटक पटक समचार सम्प्रेषण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...