अबैध असुली गर्ने तीन प्रहरी यसरी परे कारबाहीमा



जिल्ला प्रहरी कार्यालय चितवनले आफ्ना तिन प्रहरीलाई कार्बाही गरेको छ । नेपाल प्रहरीको आन्तरीक सुदृढीकरण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई कार्बाही गरेको हो । ई.प्र.का.रामनगरमा कार्यरत प्रहरी हवल्दार टेम प्रसाद तिमल्सिमा, प्रहरी जवानहरु अजय यादव र दिपक बैठा लाई जिम्मेवारीबाट मुक्त गरी प्रहरी नियमावली २०७१ अनुसार आवश्यक कानूनी कारवाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं चितवन प्रहरी प्रवक्ता प्रभु प्रसाद ढकालले जानकारी दिएका छन् ।

उनीहरुले ना ७ ख ५२८ नं.को ट्यांकर चालक अर्जुन पौडेल संग गैर कानूनी रुपमा रु.५,००० रकम लिएको कुरा खुलेसँगै उनीहरुलाई कार्बाही गरिएको चितवन प्रहरीले प्रेस रिलिज मार्फत समेत जानकारी दिएको छ । ट्रक चालकले मादक पदार्थ सेवन गरी ट्याङकर चलाएको भन्ने आरोपमा ई.प्र.का.रामनगरमा पक्रिएका ना ७ ख ५२८ नं.को ट्यांकर चालक अर्जुन पौडेल लाई मादक पदार्थ सेवन गरी सवारी चलाएको कसुरमा कारवाही चलाउनुको सट्टा उल्लेखित प्रहरीहरुले गैर कानूनी रुपमा रकम लिई छाडेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेपछि निज प्रहरीहरुलाई आवश्यक कानूनी कारवाही अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ । स्मरण रहोस जुगेडी, रामनगर र गोन्द्राङ्ग लगाएत राजमार्गमा रहेका प्रहरी चेकिङ्ग पोष्टहरुमा कार्यरत प्रहरीहरुले अबैध असुली गरिहेको विगायमा यस अघि नै भण्डाफोर अभियान ले यस अघि पटक पटक समचार सम्प्रेषण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न

आज प्रधानमन्त्रीको सम्बोधन, १०० दिनको प्रगति सार्वजनिक गर्ने

     सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ

राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा