बिस्व क्रिकेट बादशाह भारतविरुद्ध नेपालको जित



हाम्रो इकोनोमि

मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालसँग भारत १९ रनले पराजित भएको छ ।
नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४८.१ ओभरमा १६६ रन बनाउँदै अल आउट भएको हो ।

नेपालको जितका लागि कप्ता दीपेन्द्रसिंह ऐरीले ४, पवन सरार्फ २, सहब आलामले २ विकेट लिए भने ब्याटिङतर्फ समेत कप्तान दीपेन्द्रले १०१ बलमा ८८ रन बनाए ।

मलेसियाको बायुमास रंगशालामा भएको खेलमा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो । नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो ।

नेपालका लागि कप्तान दिपेन्द्रसिंहले ८८ रनका लागि १०१ बलमा ६ चौका र २ छक्का प्रहार गरे । जितेन्द्रसिंह ठकुरीले ३६ र भीम सार्कीले १५ रन मात्र बनाए।

 

शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको नेपाललाई समूह चणर पार गर्न भारतलाई पराजित गर्नै पर्ने दबाब थियो ।

भारतका लागि आदित्य ठाकरे र अभिषेक शर्माले दुई, दुई विकेट लिएका थिए ।

एसीसी–१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ‘ए’ मा नेपालसहित भारत, बंगलादेश र मलेसिया छन् । समूह ‘बी’ मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई छन् ।

 

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...