गैससको कार्यक्रम सञ्चालनमा रोक



हाम्रो इकोनोमि

आगामी मंसिर १० गते प्रथम चरणअन्तर्गत हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्नसक्ने प्रभावलाई मध्यनजर राखी जिल्लामा गैरसरकारी संस्थाका कामकाजमा शनिबारदेखि रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार निर्वाचन अवधिमा गैरसरकारी संस्थाले गरेका कार्यक्रमले स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउन असर पर्नसक्ने भएकाले निर्वाचन अवधिभरलाई कुनै काम नगर्न नगराउन निर्देशन दिइएको छ ।

भूकम्पपछि राहत सहयोगमा कार्यरत दर्जनौँ गैसस कार्यरत रहेका छन् । निर्वाचन आचारसंहिता पूर्णरुपले पालना गराउने कार्य स्वागतयोग्य भएको मतदाताले बताएका छन् ।

संस्थाले आफ्नो कार्य नीतिअनुसार काम गरे पनि कुनै दलले हामीले पठाएका हौँ भनी मतदातासामु बाँड्न सक्ने आश्वासन बेलैमा रोक्न उक्त कदम चालिएको बताइएको छ ।

तीनसय ५६ कर्मचारी खटाइने

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४५ अधिकृत, ४५ नायबसुब्बा र अन्य दर्जाका २९६ गरी कूल ३५६ कर्मचारी खटाउने तयारी पूरा भएको छ ।

रसुवामा प्रतिनिधिसभातर्फ एउटा निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको छ । जिल्लामा कूल ३२ हजार ३२२ मतदाता रहेका सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी मतदानस्थल र मतदाता सुरक्षाका लागि आवश्यक सुरक्षा जनशक्ति तयार गरिएको प्रमुख जिल्ला अधिकारी हीरादेवि पौडेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...