बस र ट्यांकर ठोकिँदा १५ घाइते



हाम्रो इकोनोमि

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीमा आज अपराह्न यात्रु बस र इन्धन बोकेको ट्यांकर ठोकिँदा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वतर्फ जाँदै गरेको ना २ ख ४२२६ नं को बस र विपरीत दिशातर्फ आउँदै गरेको तेल बोकेको ना ७ ख २२०० नं को ट्यांकर १२।१० बजे ठोकिएका हुन् ।

घटनामा बस चालक राप्ती नगरपालिका–७ का २५ वर्षीय राजकुमार तामाङसहित १४ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये ११ जनाको चितवन मेडिकल कलेज तथा तीन जनाको पुरानो मेडिकल कलेज र एक जनाको सेन्ट्रल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकसहित तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्यांकर चालक भने फरार छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...