उम्मेदवारमाथि हमला हुन थाले पछी र हत्या गर्ने सम्मको सुचना पछी आयोगले सुरक्षा प्रमुखलाई छलफलमा बोलायो,यस्तो बन्ने भयो सुरक्षा निती



हाम्रो इकोनोमि

चुनावी सुरक्षामा थ्रेट बढेसँगै निर्वाचन आयोगले उम्मेदवार र मतदाताको सुरक्षाका विषयमा छलफल गर्न सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने भएको छ।
आयोगले दिउँसो १ बजे चारवटै सुरक्षा निकायका प्रमुख/प्रतिनिधि तथा गृह मन्त्रालयको सुरक्षा महाशाखासँग परामर्श गर्न लागेको हो। आयोग प्रवक्ता नवराज ढकालले दिउँसो १ बजे सुरक्षा निकाय प्रमुखसँग छलफल गर्न लागेको जानकारी दिए।

केही दिनअघि सिन्धुपाल्चोकमा उम्मेदवारलाई सुरक्षा थ्रेट आएको जानकारीमा आएको थियो। यस्तै, शुक्रबार माओवादी केन्द्रका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्माको गाडीलाई लक्षित गरी बम प्रहार भएको थियो।

शनिबार नै माओवादी केन्द्रकै रोल्पाका उम्मेदवार वर्षमान पुनको गाडीलाई लक्षित गरी माइन बिस्फोट गराइएको थियो। घटनाप्रति वाम गठबन्धनका शीर्ष नेताहरुले निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराएका थिए।

उम्मेदवारमाथि सुरक्षा थ्रेट बढेसँगै आयोगले सुरक्षा स्थितीबारे जानकारी लिन सुरक्षा प्रमुखलाई छलफलका लागि बोलाएको हो।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...