एमाले महासचिब भन्छन -आर्थिक समृद्धिका लागि वाम गठबन्धन



हाम्रो इकोनोमि

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले नेपाली काँग्रेसले तीन पटक बहुमत ल्याउँदासमेत मुलुककलाई राजनीतिक स्थायित्व प्रदान गर्न नसकेकाले यसपटक जनताले वाम गठबन्धनलाई बहुमत दिनुपर्ने बताएका छन ।

कामनपा–३ स्थित बाँसबारीमा चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै उनले काँग्रेसले पटकपटक बहुमत ल्याउँदा पनि सरकारले पूर्ण अवधि काम गर्न नसकेर मुलुकमा अस्थिरता र अन्योलको वातावरण बनेको चर्चा गरे ।

मुलुकमा जनताको अधिकारलाई स्थापत गरी आर्थिक समृद्धका लागि वाम गठबन्धनको सरकार आवश्यक रहेको बताउँदै उनले काँग्रेसले अहिले चुनाव जित्नका लागि वाम सरकारले अधिनायकवाद ल्याउने भ्रम फैलाएकाले त्यसतर्फ चनाखो हुन आग्रह गरे ।

पार्टीका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख सूर्य थापाले देशमा सबै वर्ग समुदायमा आर्थिक पहुँच पुग्न नसकेकाले सामाजिक विभेद कायम भएको बताउँदै औद्योगिक गतिविधिका माध्यमबाट आर्थिक रुपान्तरण, समानता, न्यायोचित वितरणका कार्य गर्न वाम गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...