माओबादी नेता मार्न नियोजित रुपमा बम विष्फोट,बर्षमान र जनार्दन विप्लबको निशानामा,सामुहिक हत्या गर्ने डरलाग्दो योजना



हाम्रो इकोनोमि

माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ सवार गाडीलाई लक्षित गरेर विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले माइन विस्फोट गराएका छन्।
रोल्पाको माडी गाउँपालिका–१ भिट्टाबाङ भन्ने ठाउँमा शनिबार पुन सवार गाडीमा माइन विष्फोट भएको हो। पुनले विष्फोटबाट गाडीमा सामान्य क्षती भएको र अहिले आफूहरु सुरक्षित स्थानमा रहेको जानकारी दिए।

‘हिजो वाम गठबन्धनको सुकिदह गाउँपालिकामा आमसभा भएको थियो, हामी गठबन्धनका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरु त्यहाँको कार्यक्रमलाई सम्बोधन गर्न गएका थियौं’, पुनले भने,‘आज हामी त्यहिँबाट संगै फर्किरहेका थियौं, घर्तीगाउँ आइपुग्ने बेला माडी गाउँपालिकाको १ नम्बरमा हामीलाई लक्षित गरेर विष्फोट गराइयो।’

पुनले पुनले हत्या गर्ने उद्धेश्यले घटना घटाइएको प्रतिक्रिया दिए। उनले आफुहरुमाथि विप्लव कार्यकर्ताले नियोजित रुपमा हमला गर्दै आइरहेको बताए। ‘यो हत्या गर्ने उद्धेश्यले नियोजित रुपमा गरिएको हमला हो’, उनले भने,‘अस्तिको दिन १ नम्बर प्रदेशसभाका सदस्यको गाडीमा पनि ढुंगा हानेका थिए र आज यो घटना घटेको छ।’

गाडीमा वर्षमान लगायत एमालेका पोलिटब्युरो सदस्य गोकुल घर्ती, माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार जयपुरी घर्ती, दीपेन्द्र पुन सिजल, एमालेका ईश्वर घर्ती सवार थिए। उक्त समुहले हिजो रुकुममा जनार्दन शर्मा चढेको गाडीमा बम प्रहार गरेको थियो।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...