काठमाडौं ७ मा आफुले जित्ने दाबी गर्दै रामवीर यसरी सुनाए केपी ओली प्रधानमन्त्री बन्ने सुत्र



हाम्रो इकोनोमि

एमाले–माओवादी केन्द्रको वाम गठबन्धनका काठमाडौं क्षेत्र नम्बर ७ का उम्मेदवार रामवीर मानन्धरले अबको प्रधानमन्त्री केपी शर्मा ओली बन्ने दाबी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘मंसिरपछि बन्ने सरकारको नेतृत्व हाम्रो पार्टीका अध्यक्ष ओली कामरेडले गर्नुहुन्छ।’ मानन्धरले अबको निर्वाचनमा वाम गठबन्धनले स्पष्ट बहुमत ल्याउने दाबी गर्दै त्यसपछि बन्ने सरकारको नेतृत्व ओलीले नै गर्ने स्पष्ट पारेका हुन् ।
०७४ को राजनीतिक सिन्यारिउ हेर्दा मुलुकको आर्थिक सृमद्धिको योजना बुनेको नेतामा ओली अघि देखिएकोले उनलाई राजनेताको रुपमा आफूहरुले पाएको मानन्धरको भनाई थियो । उनले थपे,‘उहाँले अँग्रेजी, हिन्दी, नेपाली जे बोल्दापनि प्रष्टसँग बुझिन्छ, तर अहिलेको प्रधानमन्त्रीले बोल्दा मिलाएर बुझ्नुपर्छ।’

साक्षात्कारमा बोल्दै उनले आफ्नो गठबन्धनसँग भएको जनमतकै आधारमा चुनाव जित्ने तर्क पेश गरेका छन् । एमाले र माओवादीबिचको सामुहिक प्रयासले चुनाव जित्न कुनै अप्ठेरो नहुने मानान्धरको भनाई छ ।
‘हामीले जनताको विश्वास जितेका छौँ, हाम्रो पार्टीसँग इच्छशक्ति छ,’’– मानान्धरले भने । यसअघि आफुले चुनाव जितेपछि जनताको घरघरमा स्वेतपत्र पु¥याउन सफल भएकाले पनि आफुलाई जनताले विश्वास गर्ने उनको दाबी छ ।

उनले आफ्नो पहिलो प्राथमिकता भनेको नै उक्त क्षेत्रमा बाटो बनाउने रहेको सुनाए । उनले भने,‘यो क्षेत्रमा मुख्य समस्या भनेको नै बाटो हो, मेरो प्राथमिकतामा यही कुरा परेको छ, यहाँको प्राकृतिक सौन्दर्यता ओझेलमा पर्नुको मुख्य कारणपनि यही बाटो नहुनुले हो, म यो क्षेत्रलाई गाउँगाउँ भएको क्षेत्र भन्छु।’
मानन्धरले भने स्थानीय तहको चुनावमा अत्याधिक ठाउँमा एमालेले जितेको उदाहरण दिदै यसपटक पनि आफूले नै जित्ने आधार प्रस्तुत गरे ।
उनले मुलुकमा अहिले राजनीतिक स्थायित्वको खाँचो भएकोले वाम गठबन्धनले चुनाव जितेसँगै मुलुमा स्थिर सरकार बन्ने दाबी गरे । उनले थपे,‘हाम्रो गठबन्धनले बहुमत ल्याउँछ, यसमा कुनै शंका गर्नुपर्दैन्।’

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...