तीन हजारको आँखा परीक्षण



हाम्रो इकोनोमि

 

दृष्टिविहीनमुक्त चितवन बनाउने अभियानका साथ यहाँ शुरु भएको ‘आई क्याम्प फोर चितवन अभियान’अन्तर्गत तीन हजार जनाको आँखा परीक्षण गरिएको छ ।

अभियानले जिल्लाका आठ ग्रामीण क्षेत्रमा शिविरको आयोजना गरी त्यस क्षेत्रका सर्वसाधारणको आँखा परीक्षण गरेको हो । सपोर्ट एण्ड कियर लागुऔषध पुनःस्थापना केन्द्र भरतपुरले जर्मनी समाजसेवीले त्यहाँ संकलन गरेको रकमको सहयोगबाट शिविरको आयोजना गरेको हो ।

दृष्टिबिनाको सृष्टि अपूरो छ भन्ने मूलमन्त्रका साथ संस्थाले चितवनको राप्ती नगरपालिकाको एक ठाउँमा, रत्ननगर नगरपालिकाको तीन ठाउँमा, भरतपुर महानगरको एक ठाउँमा, कालिका नगरपालिकाको दुई ठाउँमा र माडीको एक ठाउँमा शिविरको आयोजना गरेको केन्द्रका प्रमुख राजबन्दु गौतमले बताए । ती शिविरहरुमा बालबालिका र वृद्धवृद्धाहरुको सहभागिता बढिरहेको उनले बताए।

शिविरमा नेशनल आँखा अस्पताल भरतपुरले प्राविधिक सहयोग गरेको थियो । बिरामीका लागि आवश्यक चस्मा तथा औषधि जर्मनबाट नै पठाइएको थियो । शिविरमा सेवा लिन आउने बिरामीलाई औषधि चस्मादेखि शल्यक्रियासमेत निःशुल्क रुपमा प्रदान गरिएको उनले बताए ।

सो क्रममा ५० जनाको निःशुल्क शल्यक्रिया गरिएको र दुई हजार चस्मा वितरण गरिएको गौतमले बताए । शिविर निकै प्रभावकारी भएको र नेपालमा काम गर्न निकै आनन्दको अनुभूति गरेको शिविरमा सहभागी जर्मनी समाजसेवीको टोली प्रमुख ब्रिगेट ब्रगरले जानकारी दिए ।

आगामी दिनमा पनि सामाजिक काम गर्ने आफूहरुको चाहना रहेको उनको भनाइ थियो । कात्तिक ६ गते रत्ननगरको जिरौनाबाट शुरुवात गरिएको शिविर २१ गते सिद्धिमा गरेर समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...