रासायनिक मल अभाव



हाम्रो इकोनोमि

 

किसानले गहुँखेती शुरु गर्ने सयममा एक सातादेखि रासायनिक मलको अभाव देखिएको छ ।

मलको आयात नभएका कारण समस्या भएको हो । तुलसीपुर, घोराही र लमहीमा मलको अभाव देखिएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जानकारी दिनुभयो । मलको अभाव हुँदा किसानलाई रित्तो हात फर्काउनु परेको उहाँको भनाइ छ ।

“युरिया र डिएपी गोदाममा एक बोरा पनि मौज्दात छैन,” उहाँले भन्नुभयो । जिल्लामा एक हजार मेट्रिक टन डिएपी र सात सय मेट्रिक टन युरिया मल आवश्यक पर्छ ।

हाल गहँु, मसुरो, आलु र तरकारीका लागि डिएपी र युरिया मल आवश्यक छ । भैरहवा भन्सार कार्यालयमा मल आयात गरिएको जानकारी पाएको न्यौपानेले बताउनुभयो ।

“समयमै मल नपाउँदा समस्या भएको छ,” मलका लागि तुलसीपुर आउनुभएका किसान यज्ञबहादुर केसीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...