रासायनिक मल अभाव



हाम्रो इकोनोमि

 

किसानले गहुँखेती शुरु गर्ने सयममा एक सातादेखि रासायनिक मलको अभाव देखिएको छ ।

मलको आयात नभएका कारण समस्या भएको हो । तुलसीपुर, घोराही र लमहीमा मलको अभाव देखिएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जानकारी दिनुभयो । मलको अभाव हुँदा किसानलाई रित्तो हात फर्काउनु परेको उहाँको भनाइ छ ।

“युरिया र डिएपी गोदाममा एक बोरा पनि मौज्दात छैन,” उहाँले भन्नुभयो । जिल्लामा एक हजार मेट्रिक टन डिएपी र सात सय मेट्रिक टन युरिया मल आवश्यक पर्छ ।

हाल गहँु, मसुरो, आलु र तरकारीका लागि डिएपी र युरिया मल आवश्यक छ । भैरहवा भन्सार कार्यालयमा मल आयात गरिएको जानकारी पाएको न्यौपानेले बताउनुभयो ।

“समयमै मल नपाउँदा समस्या भएको छ,” मलका लागि तुलसीपुर आउनुभएका किसान यज्ञबहादुर केसीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...