ल्याण्डफिल साइड बन्यो गौचरन



हाम्रो इकोनोमि

नुवाकोटको ल्याण्डफिल साइडमा थुपारेको फोहोरमा दैनिक एक सय भन्दा बढी गाई बाख्र्राको चरन क्षेत्र बनेको छ ।

तेह्र वर्षदेखि काठमाडौँ उपत्यकाबाट दैनिक ८ सय मेट्रिक टन फोहर नुवाकोटको ल्याण्डफिल साइडमा व्यवस्थापन गरिँदै आएको छ । निजी क्षेत्रका २ सय र महानगरको ८० वटा गाडी सो स्थानमा फोहर फाल्नका लागि प्रयोग हुँदै आएको छ ।

केही वर्षअघि काठमाडौँ महानगरपालिकाले ल्याण्डफिल साइडमा थुपारेको फोहोर खाएर गाईवस्तु बिरामी परेमा वा मरेमा क्षतिपूर्ति दिनुका साथै उक्त स्थानमा चराउन नहुने सूचना गरे पनि स्थानीयवासीले त्यसमा चासो नदिएको साइडका इञ्चार्ज सरकारदिप श्रेष्ठले जानकारी दिए ।
तेह्र वर्षअघि पाँच वर्षका लागि भन्दै कामपाले नुवाकोटको ल्याण्डफिल साइडमा फोहर थुपार्दै आएको थियो, निर्धारित समयभन्दा आठवर्ष समय नाघिसकेपछि कामपाले सिसडोलबाट दुई किमी टाढा रहेको बञ्चरेडाँडालाई फोहर व्यवस्थापन गर्ने स्थानका रूपमा छनोट गरे पनि कहिलेबाट उक्त स्थानमा फोहोर व्यवस्थापन गर्न सकिने हो भन्ने निश्चित भइसकेको छैन ।

“आगामी ३० वर्षसम्मका लागि बञ्चरेडाँडामा ढुक्क भएर काठमाडौँ उपत्यकाको फोहर थुपार्न सकिने महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख रवीनमान श्रेष्ठले बताए” । बञ्चरेडाँडा हाल फोहर थुपारेको स्थान ल्याण्डफिल साइडभन्दा दुई किमी पर पर्छ ।

कामपाका अनुसार नै अब करिब छ महिनाभन्दा बढी सिसडोलमा फोहर संकलन गर्ने अवस्था छैन, उक्त स्थानमा फोहोर भरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...