ल्याण्डफिल साइड बन्यो गौचरन



हाम्रो इकोनोमि

नुवाकोटको ल्याण्डफिल साइडमा थुपारेको फोहोरमा दैनिक एक सय भन्दा बढी गाई बाख्र्राको चरन क्षेत्र बनेको छ ।

तेह्र वर्षदेखि काठमाडौँ उपत्यकाबाट दैनिक ८ सय मेट्रिक टन फोहर नुवाकोटको ल्याण्डफिल साइडमा व्यवस्थापन गरिँदै आएको छ । निजी क्षेत्रका २ सय र महानगरको ८० वटा गाडी सो स्थानमा फोहर फाल्नका लागि प्रयोग हुँदै आएको छ ।

केही वर्षअघि काठमाडौँ महानगरपालिकाले ल्याण्डफिल साइडमा थुपारेको फोहोर खाएर गाईवस्तु बिरामी परेमा वा मरेमा क्षतिपूर्ति दिनुका साथै उक्त स्थानमा चराउन नहुने सूचना गरे पनि स्थानीयवासीले त्यसमा चासो नदिएको साइडका इञ्चार्ज सरकारदिप श्रेष्ठले जानकारी दिए ।
तेह्र वर्षअघि पाँच वर्षका लागि भन्दै कामपाले नुवाकोटको ल्याण्डफिल साइडमा फोहर थुपार्दै आएको थियो, निर्धारित समयभन्दा आठवर्ष समय नाघिसकेपछि कामपाले सिसडोलबाट दुई किमी टाढा रहेको बञ्चरेडाँडालाई फोहर व्यवस्थापन गर्ने स्थानका रूपमा छनोट गरे पनि कहिलेबाट उक्त स्थानमा फोहोर व्यवस्थापन गर्न सकिने हो भन्ने निश्चित भइसकेको छैन ।

“आगामी ३० वर्षसम्मका लागि बञ्चरेडाँडामा ढुक्क भएर काठमाडौँ उपत्यकाको फोहर थुपार्न सकिने महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख रवीनमान श्रेष्ठले बताए” । बञ्चरेडाँडा हाल फोहर थुपारेको स्थान ल्याण्डफिल साइडभन्दा दुई किमी पर पर्छ ।

कामपाका अनुसार नै अब करिब छ महिनाभन्दा बढी सिसडोलमा फोहर संकलन गर्ने अवस्था छैन, उक्त स्थानमा फोहोर भरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...