गुल्मी १ का उम्मेदवारसहित सयौं एमाले प्रवेश,साझा उम्मेदवार प्रदिपको जित भयो निश्चित



हाम्रो इकोनोमि

नेकपा मालेका पोलिटव्युरो सदस्य रामचन्द्र बलामी, केन्द्रीय सदस्य एवं गुल्मी क्षेत्र नम्वर १ बाट प्रतिनिधीसभा सदस्यमा उमेदवारी दिएका भरतमणी ज्ञवालीसहित सयौ नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

उनिहरुलाई एमाले अध्यक्ष केपी शर्मा आलीले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि नेता ज्ञवालीले यो अभियान गुल्मी जिल्लामा मात्र नभई, देशैभर चलेकोले सम्पुर्ण बाम एकै ठाम भन्ने मुल नारालाई अवलम्बन गरेको बताए । उनले आफु लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेकोले फुटेर होइन जुटेर कम्युनिष्ट एक ढिक्का हुने भन्दै गुल्मीलाई लाल किल्ला बनाउन सपथ लिएर गुल्मी आउने उद्घोष गरे ।

पत्रकारिता पेशाबाट राजनीतिमा सक्रिय ज्ञवाली प्रभावशाली नेता मानिन्छन् । कम्युनिष्टका नाममा जनमत विनाका पार्टीमा रहिरहनु निहित स्वार्थका लागि च्याँखे थाप्नु शिवाय अरु केहि हुन नसक्ने ज्ञवालीको बुझाई छ ।

वामपन्थीको गठबन्धन भएपछी गुल्मी निर्वाचन क्षेत्र नं.–१ मा वामगठबन्धनका साझा उम्मेदवारले जित्ने निश्चित प्रायःछ । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको ३१ हजार ७ सय २० मत छ भने नेपाली कांग्रेसको २६ हजार २० मत मात्र छ । त्यस्तै माओबादी केद्रको ६ हजार ९ सय ८८ र अन्य दलहरुको ८ सय २६ मत रहेको छ । यसरी एमाले र माओबादी केन्द्र मिल्दा ३८ हजार ७ सय ८ मत हुन्छ । जुन नेपाली कांग्रेसको मत भन्दा १२ हजार ६ सय ८८ मतले वामगठबन्धन अगाडी देखिन्छ । यसबाट कांग्रेसका उम्मेदवारले स्वतःपराजय भोग्नुको विकल्प देखिदैन । गुल्मी क्षेत्र नं १ मा वामगठबन्धनले शान्ति स्थापनाका अभियन्ता, बामगठबन्धनका शुत्रधार र चर्चित सुडान घोटला छानबीन समितिका संयोजक एमाले नेता प्रदीप ज्ञवालीलाई अघि सारेको छ भने नेपाली कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार बनेका छन् । अब त्यहाँ प्रदिपको जित निश्चित भएको छ।

 

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...